Skip to content


तिमी हिड्ने म हिड्ने, बाटो फरक भए पनि
तिमी अनि मैले टेक्ने, माटो फरक भए पनि

दु:ख परे सम्झिनु, साथी बनी साथ दिउला
तिम्रो र मेरो जीवनको, पाटो फरक भए पनि

एकान्तमा भेट्यौ भने, ‘तँ’ भनी बोलाउनु
तिम्रो र मेरो बोलाउने, नातो फरक भए पनि

झुकिएर बोले भने कतै, रिसाएर नभाग्नु है
तिम्रो र मेरो पहिलेका, फाटो फरक भए पनि

तिमी हिड्ने म हिड्ने, बाटो फरक भए पनि
तिमी अनि मैले टेक्ने, माटो फरक भए पनि

[ रचना मिति : २०७१-१२-१० मंगलबार ]

http://ranatejin.blogspot.com/2015/03/blog-post_24.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *