Skip to content

जीवनको एक पाठ


देखेको थिइन्, सुनेको थिएन्, मैले
रोपेको प्रेमबाट फुल्दै फक्रिदै
तरबारीय धार पैदा हुन्छ ।
जस भित्रपनि थाहा थिएन्
गाँसेको सम्वन्ध चुड़ाई, आन्तरिक इन्द्रियलाई मारेर
जोडिएको मुटु काटेर आदि लान्छ भनि,
त्यसैले ए जिन्दगी, मौन छु म !
..चुपचाप..

उनको परिवर्तनीय गर्जनहरुसँगै
मेघ भित्रको केही थोपा आँसुमा
त्यो एक्लो चन्द्रमा झैँ अन्धकार रातभित्र
स-मिश्रण पुस्तकको पानाहरू पल्टाउदै हेरे,
प्रेमको परिभाषाहरू
सम्बन्धको परिभाषाहरू
जीवनको परिभाषाहरू
जसमा बिलकुल तिनै परिभाषाहरू थिए !
जुन परिभाषा जानेर सम्वन्ध जोडिएको थियो ।
श्रीप वदलिएको त ! उनको मन रहेछ ।

महत्व, भूमिका र दायित्व उस्तै
जीवन चलिरहेको बेला
घडीको सुई जस्तै उकाली ओराली गर्दैगर्दा ।
जब मुटुमा चोट पुग्छ
मन दु:खी हुन्छ
मुहारलाई असर पर्दो रहेछ ।
अनि एकनासमा धड्किन्छ धड्कन
सरल र शान्तमा बहन्छ मन
मुस्कान देखिदो रहेछ, भेटिदो रहेछ ।
खुशी हुनु पनि साच्चै, हिम्मत हुनु पर्ने
तर
असम्भव भने हैन रहेछ ।

त्यसैले अब एक्लै यात्रामा निस्किनु छ
त्यो घाम जस्तै त्यो जुन जस्तै
बिलकुल निष्पक्ष र निरपेक्ष
न छेकेर छेकिने न रोकेर रोकिने
निरन्तर बढिरहनु छ
दिन र रातलाई बोकेर निस्किनु छ
अब,
जीवन बिसौनीतिर टक्क.. टक्क !

Leave a Reply

Your email address will not be published. Required fields are marked *