Skip to content

अमेरिकामा मालती मङ्गलेका नायक प्राज्ञ हरिबहादुर थापा सम्मानित

20171228_BijayThapa-News


अमेरिकाको कोलोराडोमा गत डिसेम्बर २३ तारिख, २०१७मा मालती मंगलेका नायक तथा वरिष्ट वरिष्ट रंगकर्मी हरिबहादुर थापालाई सम्मान गरिएको छ । अमेरिका पुगेको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले वरिष्ठ रंगकर्मी, अभिनेता, निर्देशक, तथा संगीत नाट्य प्रतिष्ठानका पूर्व प्राज्ञ हरिबहादुर थापालाई सम्मान गरेको हो ।

कार्यक्रममा प्राज्ञ हरिबहादुर थापाद्धारा अभिनित दश वटा नाटकको संक्षिप्त श्रब्य दृश्यका झलकहरू समेटिएका दश पाईला प्रदर्शन गरिएको थियो । गीति-नाटक “मालती मंगले”, “शकुन्तला”, “अमरसिंह”, “देउकी”, “पहाड चिच्याइरहेछ”, “पृथ्वीनारायण शाह” लगायत चर्चित नाटकहरुमा थापाले देउकीको बाबुदेखि पृथ्वीनारायण शाहसम्मको भूमिका सफलतापूर्वक अभिनय गरेको तत्कालीन समाजको चरित्र झल्कन्थ्यो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा,आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र उपाध्यक्ष मीना पौडेलले फुलको माला लगाई दिई सम्मान पत्र प्रदान गरेका थिए l

पाच वर्षको उमेर देखि बाल कलाकारको रुपमा रंगमञ्च प्रवेश गरेका प्राज्ञ थापाले नेपालको राजकीय प्रज्ञा प्रतिष्ठान देखि अमेरिकाको न्यूयोर्कस्थित अफ द ब्रोड अवे थिएटरमा समेत नाटक निर्देशन र अभिनय गरिसकेका छन् ।

समारोहमा उनले चर्चित नाटकहरू फर्केर हेर्दा र जोडियोस् भत्केका मनहरुको साना टुक्रा अभिनय गरेर देखाएका थिए । अभिनन्दन कार्यक्रम विभिन्न संघ/सँस्थाका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो l उनी जनवरीको दोस्रो हप्ता भित्र नेपाल फर्कने योजना रहेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *