अामासँग पिरोली स्विटर मगाएँ
न्यानाे स्विटर लाएर जाडो भगाएँ
मख्ख पर्दै ऊनीको टाेपी लगाएँ
टोपी लाउन पाएर जाडो भगाएँ
ढुङ्ग्रो फुकी भुङ्ग्रोमा अागो जगाएँ
एक्लै अागो तापेर जाडो भगाएँ
घाममा सिरक सुकाएँ दाइलाई सघाएँ
तातो सिरक अोढेर जाडो भगाएँ
कठ्याङ्ग्रिएँ चिसाले अाँसु बगाएँ
बाको काखमा बसेर जाडो भगाएँ ।