नेपाली देशभक्त युवा समाज, आजै अघि सर्न चाहन्छौं
सयौं फूलको एक माला भई, समाज सेवा गर्न चाहन्छौ
सफल बनाऊँ सबै मिली, यो महान अभियानलाई,
अन्यायसँग लड्दै भिड्दै, सबैको दु:ख हर्न चाहन्छौ
आउनुस जुट्औ आमा-बुवा दाजु-भाइ दिदी-बहिनी,
थोपा-थोपा मिसिएर, नदी बनी झर्न चाहन्छौ
आफू सक्दो सहयोग गरी, आपत विपत पर्दा कोहीलाई,
असाहय र दुखीयाको, घाउ-चोट् भर्न चाहन्छौ
अबदेखि छोडौं गर्न, तेरो मेरो उस्को त्यस्को,
अशान्तिको जरै गोडी, शान्तिको बिउ छर्न चाहन्छौ
सर्जक- एचएल गौतम
(अर्घाखाची) मागा
खनदह-३
हाल- भारत