Skip to content

मेरो नयाँ वर्ष

गुलावी नजर वोकेर तिमीले मेरो घर आउनु
मेरा ति रहर पुरा हुनेगरी खुशी साथ ल्याउनु ।।

व्यग्र प्रतिक्षा थियो मनभरी रस्वाधन चखाउनु
संसारी सुखको मोहमा भुलेर मन्दिर सजाउनु ।।

वसन्त पालुवा वनेर तिमिले दिपले चम्काउनु
चन्द्रको ज्योतिझै वनेर तिमीले संसार हँसाउनु ।।

सुन्दर वन झैं धपक्क वलेको रहर निम्त्याउनु
रंगमन्च सरिको जीवन भरीमा सत्मार्ग पैल्याउनु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *