मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कमिला
editor — Thu, 01/04/2018 - 03:12
माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई -
के हुन् भन रमिला ?
केको कानेखुसी हो केको सट्यासुटु हो ?
टाउको टाउको जोडेर केको लुटुपुटु हो ?
एउटा लाइन भाँचेर अर्को लाइन फर्किने
साथीसँग के भन्न मुन्टो जोत्दै अड्किने
छैन यिनको बानी, नराम्रो र नजाती
मिलीजुली हिँड्दछन् भई साथी साथी
उत्तर छैन अप्ठ्यारो -
कुरा बुझ्यौ जमिला ?
आफू साना भए´नि ठुलै यिनको दल छ
त्यही भएर यिनको हात्ती बोक्ने बल छ
जसको हुन्न लफडा झमेला र झगडा
तिनै हुन्छन् बलिया तिनै हुन्छन् तगडा
जता पनि देखिने यिनकै हुल ताँती
कता जाने होलान् यी भई साथी साथी
चिन्नुपर्थ्यो सजिलै -
चिनिनौ र ममिला ?
देख्दा फुच्चे भए´नि जुट्छन् ठूलै काममा
केही परी आएमा हुन्छन् एकै ठाममा
छैन पेट अमिलो, छैन मन धमिलो
एकता र मित्रतामा रम्ने जात हो कमिलो
तनको सानो भए´नि मनको ठूलो छाती
हिँड्छन्, हिँड्छन्, हिँडिरन्छन् भई साथी साथी
बल्ल बोलिन् रमिला
जमिला र ममिला
उत्तर थाहा पाइयो -
यिनै हुन् नि कमिला !
रमेशचन्द्र घिमिरे, लमजुङ
- 1850 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- कुरा मैथिलीको
- छोटा कविता
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- हरेस नखाऊ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- खुल्ला किताब
- जून झैं शीतलु
- तिमीले दिएको हरेक चोट्..............
- अमेरिकाको कोलोराडो र हाम्रो बाग्मती
- मनको बह
- वीरहरूको देश
- एकोहोरो माया लायौ
- भयो जिन्दगानी नदीको किनारा
- कतातिर लागौँ
- वीर पुत्र : सहिद
- खहरेको भेल-रहेछ
- बुझाऊँ कतै
- जे भन्यौ ठिकै भन्यौ
- तिमी बहादुर र कान्छा मात्र हुनसक्यौ
- याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
- तीन वर्ष पनि बिते
- तिम्रो सधैँ जित कस्तो
- भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
- म जन्मेको ठाउँ
- दृश्य बदलिन्छ
- हर रात सपनीमा
- नामहीन पात्रहरूको नाममा
- आत्महत्या गर्नेहरूप्रति
- थाकेको यात्री
- आँखा भरी आँशु
गजब मित्र । अझ पनि
HomSuvedi — Mon, 01/15/2018 - 09:19गजब मित्र । अझ पनि बालगीतहरुको खाँचाे छ । यसै क्षेत्रमा अरु पनि लेखिरहनुहोला । शुभकामना र शुभ भावना छ ।
Post new comment