Skip to content

डिसीमा प्रख्यात चित्रकार सुबोध घिमिरेको एकल चित्रकला प्रदर्शन सुरु

2018010_BijayThapa_News-01


विजय थापा,

नेपाल काठमाडौँ घर भै नेपाल प्रहरी ”सत्य, सेवा, सुरक्षा” सेवामा २८ वर्ष काम गरी निवृति लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगर क्षेत्रमा अमेरिकामा नै आएर बनाएका चित्रहरुको एकल चित्रकला प्रदर्शन गरेका छन् l

गत जनवरी ५ शुक्रबार (२०१८) का दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिखसम्म चल्ने छ l कलाकार घिमिरेले “पिस इन एब्सट्राकसन्” अर्थात् “कल्पनामा शान्ति” नामक मूल विषयमा राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरीमा राखिएको छ l उनी लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ l

कलाकार घिमिरेले अमेरिकामा चित्रकला प्रदर्शन गर्न कुनै पनि कलाकारको ईच्छा हुन्छ र मैले पनि यो ठूलो विशाल देशमा अवसर पाएकोमा गर्व गर्छु घिमिरेले भने l यसको साथै उनले यसलाई नै पेशाको रुपमा लाने प्रतिबद्धता जाहेर गरेका छन् l अमेरिकामा यसरी चित्रकलालाई नेपालबाट आएर पेशाको रुपमा बनाउनु ठूलो अर्थ राख्दछ l

उनले प्रदर्शनमा राखिएका सबै चित्रहरू अमेरिकामा बनाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् l उनका प्रदर्शनमा राखिएका चित्रकलाहरू ४ सय डलर देखि २७ सय डलरसम्म मूल्यका रहेका छन् l

कलाकार घिमिरेले चित्रकलालाई नै पेशामा लाने बताउदै आफूलाई पारिवारिक सहयोग समेत रहेकोले अमेरिकामा काम गर्नु नपरेको बताए l यस पेशामा रहेका सबैलाई हौशला दिदै आफूले सहयोग र सल्लाह समेत दिने बताए l

उक्त चित्रकला प्रदर्शनमा बिदेशी लगायत नेपाली समूदायको उपस्थितिरहेको थियो l सहभागी सबैले अमेरिका जस्तो देशमा यसरी नेपाल र नेपालीको नाम राख्नु ठुलो कुरो बताए l

चित्रकार घिमिरे सानै उमेर देखि चित्रकला विधामा लागेका हुन् भने उनले ९ वर्षको उमेरमा अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विजयी भएका थिए l

उनले नेपाल बाहेक फ्रान्स को पेरिस तथा लियोनमा सफलता पूर्वक आफ्ना चित्रकला प्रदर्शन गरिसकेका छन् l कलाकार घिमिरे द्वन्द समाधानका उच्च श्रेणीमा विशेष योग्यता हासिल गरेका छन् भने जस्को माध्यमद्वारा कलाकारहरुले कसरी आफ्ना विचारहरू द्वन्द अवधि तथा द्वन्द समाप्त पछि चित्रण गर्छन भन्ने कुरामा जोड दिदै प्रदर्शनको मुख्य शीर्षक नै “कल्पनामा शान्ति” भन्ने राखेका छन् l

फ्रान्समा भएको घिमिरेको प्रदर्शनमा ७० प्रतिसत चित्रकला बिक्री भएका थिए l उनको अमेरिकामा यो पहिलो एकल प्रदर्शन हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *