Skip to content

जिन्दगीहरू कसैको अधिनमा


जिन्दगीहरू कसैको अधिनमा छन्
त्यसैले दिनहरू अचेल रंगिनमा छन्

सपना देखेर ननिदाएको कैयौ भैसक्दा
मेरा रातहरू उनीसँगै तल्लिनमा छन्

यो संसार नै खल्लो लाग्छ उनी मलिन हुँदा
आज मेरा खुशीहरू उनकै हाँसिनमा छन्

दुस्मनहरुले हात अगाडि बढाएर भने
‘रामु’ तेरो समय अब निकै कठिनमा छन्

तर म यो दुनियासँग कहिल्यै झुकिन
हो मेरो यही बानीले त उनी एकिनमा छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *