Skip to content

जिन्दगीभर भुल्ने छैन


जिन्दगीभर भुल्ने छैन, भनी धाउनेको
लुकिछिपी एकतर्फी नै, माया लाउनेको

हट्यो कि तस्वीर कतै, स्मृतिका भित्ताबाट
जोबिना जिन्दगीको, महल सजाउनेको

सपना आउन छोड्यो कि, फेरियो खै कुन्नि
सपनीभर मेरै बोली, दृष्य छाउनेको

रहरको सीमा बढेर, ठाउँ सानो भो कि
बगान छोडी आफ्नै, संसार बनाउनेको

फेरियो कि त बाटो कतै, परिचय जोड्ने
आफ्नै सुरले संजीवनी, बुटि पाउनेको

किरण कुमार श्रेष्ठ
पालुङटार १, बान्द्रे, गोरखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *