Skip to content

मनको हलचल…

मैले तिमीलाइ सुझाव दिएं भने
तिम्रो काँधको वन्दुक म उपर चलाइदेउ ।।

मैले तिम्रो कमजोरी देखाइ दिए भने
मलाइ फौजदारीको मुद्धा लगाइदेउ ।।

मैले तिम्रो वारेमा जुवान चलाए भने
मलाइ काल कोठरीमा थन्काइदेउ ।।

म नाथे एउटा सामान्य नागरिक न हु
तिमी विरुद्ध बोल्ने मुख सधैलाइ थुनिदेउ ।।

तिमीसँग शक्ति छ मेरा हड्डि कुड्डि भाँचेर
सधैंका लागि मलाइ नर्क को हकदार वनाइदेउ ।।

हे मेरा देशका राजा महाराजाहरु
सत्य वोल्न खोज्ने मेरा अनगिन्ति जिव्राहरु
भुट्भाट् पारेर तिम्रो जिवनको छाक टारिदेउ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *