Skip to content


पवन जल आकाश थल तेज बलवान,
निर्मित तन सवको एक दिन अनजान।

रवि शशि घुमी धेरै मार्ग पूरा गरी सके,
उनैले सबको काया क्षण क्षण गनी सके!

रवि शशि दिउन् रात दिन उज्ज्वल मुहार,
सरस्वती महा ज्ञान शुद्ध अशुद्ध बिचार ।

गणेश लेखनी राम्रो दिउन् अक्षर लेख्न नै,
याज्ञबल्क्य आदेश कसै हुदैन बिर्सनै।

न्यायको व्रिक्षमा फूल सुगन्ध वायुले लग्छ,
सप्रेको फूलबाट नै भविष्य फल फल्दछ ।

शुख शान्ति र आनन्द आत्म ज्ञान सवै कुरा,
मन्दीर न्यायको यौटै धीर रहे हुन्छ पुरा ।

मार्कण्डेय बलय व्यास, बिंभीषण हनुमान,
अश्वत्थामा परशुराम, क्रिपा नाम यिनै हुन ।

अष्ट चीरिन्जीवी सित, आशिष मागीकन,
स्वीकार शुभकामना, धेरैज दीर्घ जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *