Skip to content


बिहान म
उठ्नै बित्तिकै
पहिलो किरणसङ्गै
उनी मेरो अन्धकार कोठामा आइन
र मेरो ओठमा चुम्वन गरिन
हिटरभन्दा पनि बढी
मलाई ओछ्यानमा
तताइरहिन
र मेरो तनलाई
जवानीको आगोहरुमा जलाएर
मेरा बेहोस अङ्गा अङ्गहरुलाई पग्ल्याएर
अनि पानी निकालिरहिन।

मेरो घर सिउसै मधुसाला जस्तै भयो
मैले प्यालाका प्याला
उङ्को ओठ निचोरेर
उङ्को छाती चिमोटेर
मैले पनि पानी निकालेर
मैले मदहोस रस चुसिरहे
निरन्तर
मैले घाम झुल्कन साथ
स्वगरात मनाए
मैले मधुमास मनाए
मैले उन्लाई चुसिरहे
मैले उन्लाई चुमिरहे

र अन्तिममा
उन्लाई नङ्गग्याएर
उङ्को बदनको
कपडा त्यातेर
मैले जुठो बनाइदिए उङ्का
ती पवित्र ओठहरू
चित्कारका आवाजहरू
निकालेर
बेडमुन्तिर बलात्कृत
आँसुहरू खसाल्न
उनी सँग
आफ्नै आँखाहरुमा पानी थिएन
उनी बारम्बार रोहिरहिन
उनी निरन्तर आँसु हिन रोदन रोहिरहिन
र रोहिरहिथिन
मैले उन्लाई ओछ्यानबाट गलत्याएर
उन्लाई भडार कोठामै छोड्दिए
र म स्वयम आफू शौचालय गए।

र मलाई थहा छ
भोलि बिहान पनि उनी उस्सै गरी
मेरा लागि ओठहरुमा
समधुर मुस्कानहरू लिएर
म निष्ठुरलाई भेट्न
स्वयम मेरो घर
मेरो ओछ्यानमा आफै आउनेछिन
उनी मेरो औलाहरू एक चुट्कि
उनी मेरो एक औला भरमा
उनी मेरो जिब्रोको एक अर्डरमा
नित्यकर्म झै दिनहुँ
आइरहन्छिन र आइरहनेछिन निरन्तर
र मलाई अमर प्रेम र
अमृतका प्यालाहरू पिलाइरहनेछिन
कहिले स्वयम मेरै भान्साको किचनबाट
कहिले चोक गल्ली र भट्टीका दोकानहरुबाट
उनी आइरहनेछिन
र मलाई आफ्नो स्थन चुसाएर
आफ्नो बदन जोल्ठ्याएर
मलाई गङ्गा जल सहितको
अबिरल दूध खुवाइरहनेछिन
उनी आइरहनेछिन

किनकि उन्लाई मेरा यी ओठ
र सुन्दर अधरहरू एकदम मनपर्छ
हर्दम उङ्को र मेरो यो प्रेम
बश केवल एउटा भोक र प्यासको हो
आवश्यकता हैन एउटा पागल रहरको हो
हाम्रो यो विश्वास
भविष्यको हैन वर्तमान र इतिहासको हो
हाम्रो यो अटुट साथ
बस!
पुस माघको एउटा जाडो र शीतलहरको हो
हाम्रो यो नियम कानून अनि विधान
कुनै अदालतको हैन आदतको हो
हाम्रो यो सम्बन्ध केवल तनको हो मनको हैन
हाम्रो यो यौवनको आकृति
बस कुनै नग्न चलचित्रको हो
सुगर जस्तै मीठो
हाम्रो यो मधुमासको रस
कुनै सम्बन्धको सहवास वा विवाहको हैन
बस!बकवाश बसपार्कभित्रको वेश्याबृति हो
यसर्थ उन्लाई
मेरा यी राता ओठहरू औधी मनपर्छ
उन्लाई मेरो ओछ्यान औधी मनपर्छ
हाम्रो यो प्यार ब्यपारको हो
यसर्थ उन्लाई रङ्गिन नोटहरू औधी मनपर्छ

एकनाश उनी आउनेछिन आज पनि
अनि आइरहनेछिन सधा
म खाइरहनेछु ।
कहिले एकदम सित्तैमा !
त कहिले कम रकम सस्तैमा !
कहिले सित्तैमा कहिले सस्तैमा !
कहिले आफ्नै घरमा !
कहिले कफि सपमा !
सधैं सधैं हामी यसरी नै अनि हर्दम
भोग विलास गरिरहनेछौ

र उनी हुन सिर्फ एक कप चियाको गिलास !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *