दुख्दछ प्रवसन, जलन छ भरिलो
आँसु छ भलभल, नयन छ रसिलो
स्वार्थ र मतलब प्रचुर छ जनमा
देख्दिन रतिपनि विमल र सुकिलो
सोच छ कमसल, विषम छ चलन
पाउन कठिन छ असल र गुनिलो
रम्दछ कपट र कलुषित पनमा
बाहिर मधुर छ, हृदय छ धमिलो
तीव्र छ विचल र छटपट खुदमा
ज्यान छ अकुशल, तडप छ गतिलो
लब्धि छ परिमित, जटिल छ लगन
ह्रास छ हितकर, नरम र लचिलो
पोल्दछ भतभत, सबतिर तनमा
घाउ छ कतिकति, कतिकति टुटिलो
दूर छ जनपद, अधिक छ तपन
याद छअविरल, विरह छ खँदिलो
“कोमल” मनभरिअटुट छ दहन
बन्द छ मृदु पथ सरस र सजिलो
३ र ७ मा विश्राम
चक्रपद छन्द
-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
(चन्द्रागिरी न.पा-१३)
हाल:-न्युयोर्क, अमेरिका