Skip to content


धरती आकाश जस्तै मेरो प्यार छ
चोखो मायाको अनौठो संसार छ

सपनीमा आएर सधैं नै सताउँछौ
बिपनी भेटैछैन समाजको बार छ

रोक्न छेक्न नखोज मेरो सफरमा
मेरो यो जीवनको बेग्लै रफ्तार छ

के छ खबर ए मेरा मनकी मायालु
तिमीसँग गर्नु बातबाकी हजार छ

सगालेको तितामिठा पलहरू मैले
तिम्रै लागि मेरो खुशीको बहार छ

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *