Skip to content


चित्रकारले क्यानभासमा
विभिन्न रंग प्रयोग गरेर
बनाउदै गरेको फूल होस् या
आलिशान महलको
बार्दलीमा फक्रदै गरेको
रातो गमलाको रातै फूल !!

कवि साहित्यकारले तिनै फूलको बर्णन गर्दै
कोरेका शब्दकोषमा रहेका शब्द शब्दको माला गाँसी
मार्मिक विम्बहरू बटुलेर
लेखेका कवितामा पंक्तिवद्ध
फुलेका रंगी बिरंगी फूल
जवान तन्नेरी युवकको नजरमा
परेकी अपरिचित युवती जस्लाई
ऊ प्रेम गर्छ
मन पराउँछ असाध्यै
मनमनै एकोहोरो
अफसोच
सक्दैन
अभिव्यक्त गर्न
प्रेम बाहक बनेर आइदिन्छ त्यही एक थुंगा फूल

टपक्क टिपेर सिउरिदिन्छ लामो चुल्ठोमा
अर्को थुंगा थमाइदिन्छ उनको हातमा
प्रेमको फूल
आफ्नै मुटुमा अरुको प्रेमको आकृति देख्नेहरुले
वास दिन्छन् सुटुक्क
बटुवालाई जस्तै
जो उषाको आगमनसँगै गन्तव्यतिर लाग्छन्
बास बसेको घर
रात बिताएको स्थल
चटक्क भुलेर !!

नयनमा सजाएको
मुटुमा राखेको
प्रेम
जब पर्छन दुश्मनका पापी नजर
अनि लाग्छ ग्रहण
मडारिन्छ गगनमा बादल
टुक्रिन्छ सिसा सरि मन
चुडिन्छ आशाको त्यान्द्रो
चटाचुन्न हुन्छ रहरहरू

च्यातिएको मन टाल्न
बगिरहेको अस्रुधारा रोक्न
उनै छोडी जानेको सम्झनामा
बगैचामा
देखिन्छ
भंवाराले चुमेको फूल !!

वर्षौ पछि सन्तानको मुख देख्न आतुर आमा जस्तै
एक थुंगा फूल च्याप्प समाएर
छात्तीमा टाँस्दै
धोको पुगुन्जेल रोएर
अनायासै
कोमल स्पर्श दिंदै
स्वच्छ निश्छल बहेको गंगामा
नयनको तातो जल मिश्रण गरी
धित मरुन्जेल
अंगालोमा बेरेर
बग्दैछ प्रेमिल फूलहरु !!

बिहेको महिना नबित्दै परदेशिएको श्रीमान
छोराले बाबा खोई भन्ने प्रश्नमा
अनोतरित अनुहारमा
आशावादी उत्तर माग्न
ढकढक्याई मन्दिरको ढोका
मागे पापी
पेटमा लाग्ने भोकको ओखती
मागे छोराको बाबा
मागे आफ्नै सिउँदोको सिन्दुर
आसुले बालेर दियो
रहरले सल्काएको सुगन्धित धूप
ढाएर सिङ्गो मनको लड्डु
राखेर मिलनको फूल !!

2 thoughts on “फूल”

  1. सुन्दर कविता
    राम्रो कविता लेख्ने प्रयास गर्नुभएको छ निरन्तर लेख्नुहोला, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *