Skip to content


जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो आफन्तहरुलाई भेट्न आउँछौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई भेट्न अहिले नै आऊ न !

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो सबै गल्ती माँफ गरी दिन्छौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई आजै माँफ गरी देऊ न !

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो इज्जत गर्छौ,
मेरो बारेमा राम्रो कुरा गर्छौ,
त्यो म सुन्न सक्दिन,
त्यसैले अहिले नै गर न !

जब मेरो मृत्यु हुन्छ,
तब तिमीलाई लाग्छकि यो मान्छेसँग अरु केही समय बस्न पाको भए राम्रो हुन्थ्यो,
तर म महसुस गर्न सक्दिन,
त्यसैले आजै आउन केही छिन मसँगै बस !

यसैले म भन्छु, नपर्ख,
कहिलेकाहीं पर्खिंदा पर्खिदै धेरै ढिला हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *