Skip to content

(बुद्धिचाल एक अध्ययन)

बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । विश्वमा ग्राण्डमास्टरलाई हराउने कम्प्युटर १९८८मा आविष्कार भयो । तर यसै ग्राण्डमास्टर कम्प्युटरलाई धेरै पटक हराउने श्रेय पनि कास्पारोभलाई नै जान्छ । उनी २२ वर्षको उमेरमा नम्बर १ ग्राण्डमास्टर बनेका थिए र धेरै वर्षसम्म यस उँचाइलाई कायम राखे ।

मनोविज्ञहरुले पनि भनेका छन् चेसले दिमाग बढ्दछ । दैनिक पजल , कोठेपद बनाउने स्तम्भकारको जीवनको अन्तिमकालसम्म पनि दिमाग सक्रिय रहेको पाएर वैज्ञानिकहरुले अनुसन्धान गर्दा दैनिक एक पटक आफ्नो लेभलकासँग चेस खेल्नेको दिमाग मरणकालसम्म पनि त्योभन्दा सक्रिय रहेको पाइयो । त्यसैले चेसको हाम्रो स्वास्थ्यका लागि अति महत्त्वपुर्ण भुमिका छ । संसारमा करिब १ अर्व जति मानिसहरु चेस खेल्छन् । स्मरणशक्ति बढाउन चेस खेलनुभन्दा राम्रो अरु उत्तम उपाय छैन ।

उदाहरणका लागि यही चेस ९९प्रतिशतभन्दा बढी जनताले खेलिने भएका कारण त्यो बेला सोभियत संघमा धेरै वैज्ञानिकहरु जन्मे । त्यसरी नै वैज्ञानिकको देश भनेर पनि सोभियत संघले मान्यता पाउन सफल भयो । बैज्ञानिकहरुले यो पनि पत्ता लगाए कि सधैं चेस खेल्नेको दिमागसम्बन्धि रोग भएमा पनि निको हुन्छ ।

चेसलाई नोटेशनबाट पनि खेल्न सकिन्छ । आँखा नदेख्नेले पनि छामेर पनि खेल्दछन् । त्यस्तै चालहरु भनेर टेलिफोनबाट पनि खेल्न सकिन्छ । तर यी अभ्यासहरु धेरै प्रयास गरेपछि मात्र सम्भव हुन्छ ।

चेस खेलाडीहरुको वर्गिकरण खेल्ने स्तर अनुसार गरिएको हुन्छ । चेस राम्रो खेल्नेलाई चेस मास्टर भन्ने गरिन्छ । चेस मास्टरहरु स्थानीय विजेतालाई रिजनल मास्टर भनिन्छ । राष्ट्रिय विजेतालाई नेशनल मास्टर भनिन्छ । अन्तर्राष्ट्रिय विजेतालाई ईन्टरनेशनल मास्टर भनिन्छ । त्यस्तै विश्वको सबैलाई जित्नेलाई ग्राण्डमास्टर भनिन्छ । रुस एउटा त्यस्तो देश हो जहाँ यस्ता ग्राण्डमास्टरको टप १०मा ९जना ग्राण्ड मास्टर छन् । रुसलाई चेस खेलको विकास गर्ने देश भनेर पनि मानिन्छ र यसको श्रेय जान्छ । हामीले अहिले अमेरिका गए जस्तो २०४२सालसम्म त्यो ताकाको सोभियत युनियनमा विश्वभरिका मानिसहरु जाने गर्दथे । त्यहाँ रसियालीहरु साथी बनाउन चेस सिक्दा राम्रो साथी बनिन्छ र रुसमा बस्न सहज हुन्छ भनेर विश्वभरि नै चेसको लहर फैलिएको थियो । त्यो बेला ग्राण्डमास्टर रसियन खेलाडी कार्पोभ थियो । त्यो बेला म पनि कार्पोभ चेस क्लब जमल, काठमाण्डौंमा चेस खेल्न जान्थेँ । त्यो बेला धेरै नेपाली चेसका मास्टरहरुसँग खेल्ने मौका पाएको थिएँ । साथै आक्कलझुक्कल धेरै राम्रो खेल्ने रसियन मास्टरहरसँग पनि खेल्न पाएको थिएँ । त्यसैले पनि यो लेख लेख्न मलाई सहज भएको छ । कार्पोभले कुनै पनि गोटी नखुवाई खेल्थे । कार्पोभको एक छत्र राजलाई रसियन नै खेलाडी कास्पारोभले पहिले गोटी खुवाएर आफू जित्ने खेलको विकास गरेर चेसको टेक्निकलाई अझ उचाइमा पुर्याए र उनी सहजै १७वर्षको उमेरमै ग्राण्डमास्टर बने ।

यहाँ चेस सम्बन्धी विख्यात लेखक म्याक्स इउ तथा वाल्टर मेडनको १)कसरी चेसमा सफलता हासिल गर्ने, २)कसरी विपक्षीको कमजोरीबाट फाइदा उठाउने ३) कसरी चेसबाट वौद्धिक विकास गर्ने आदि पुस्तकहरुबाट प्रभावित भएर मुलरुपमा चेस मास्टर र चेस एमेच्योर बीचको विभिन्नतालाई मध्यनजर गरेर यहाँ यो चेस सम्बन्धी विश्लेषणात्मक लेख प्रस्तुत गर्न खोजेको छु । चेस सम्बन्धी विज्ञहरुबाट यस सम्बन्धी थप हौसला तथा सल्लाह सुझावहरुको आशा गरेको छु ।

मास्टरलाई चेसको हरेक फेजको चालको बारेमा राम्रो ज्ञान हुन्छ । मास्टरले चेसको हरेक तरिका जानेको हुन्छ । हाम्रो जीवन सफल हुनका लागि भुत, भविष्य तथा वर्तमान जान्नु आवश्यक भएजस्तै चेसको मास्टर बन्नका लागि ओपेनिङ्ग, मिडल र इण्डिङ्ग गेम राम्रोसँग जानेको हुनुपर्छ । चेस खेल्दा अटाकिङ्ग वा रक्षात्मक भएर खेल्न सकिन्छ । एउटा मास्टर बन्नका लागि यी दुबै टेक्निक राम्रोसँग जानेको हुनुपर्छ । चेस एउटा अनुशासित खेल पनि हो । यसमा छोएपछि छोएको गोटी चाल्नै पर्ने टच टू मुभ नियम पालन गर्नुपर्छ । मास्टर चेसको सानोतिनो गल्ती गरी हार्ने किसिमको हुँदैन । मास्टरले चेसमा हारे भने त्यो हारको कारण पत्ता लगाई सो कारण नदोहोर्याई आफ्नो स्तर बढाउँदै लगेको हुन्छ । त्यसैले मास्टर धेरै जोडकातोडसँग खेल्न सक्षम हुन्छ ।.

मास्टरभन्दा तल्लो तहका खेलाडीलाई एमेच्योर खेलाडी भनिन्छ । एमोच्योर खेलाडीलाई चेसको टेक्निकको पुरै ज्ञान भएको हुँदैन । ऊ मास्टर खेलाडीभन्दा कम सेन्सिटीभ हुन्छ । चेस खेलमा जति सेन्सिटीभ भयो उति माथि पुग्न सकिन्छ । एमेच्योर खेलाडीको खेल सिमीत हुन्छ र चाल पनि दोहोरिएको हुन्छ भने मास्टर खेलाडीको खेल असिमीत हुन्छ र चाल पनि नदोहोरिने र भास्ट हुन्छ । मास्टरले सबै खेलको एनालाइसिस गर्न सक्छ भने एमेच्योरले सक्दैन, तैपनि ऊ राम्रो खेलाडी हुन्छ र उसले चेसको हरेक गोटी चलाउने तथा सम्पुर्ण चेसको नियम जानेको हुन्छ ।

तर एमेच्योर खेलाडीको स्थान पनि ठूलै हुन्छ । केही एमेच्योरहरु मास्टरको रेञ्जसम्म पनि पोख्त हुन्छन् भने केही अति कमजोर पनि हुन्छन् र खेलमा चाँडै हार्छन् । केहीले खेल एकदम होसियार भएर खेल्छन् । कसैले प्रत्येक चाल हिसाब गरेर खेल्छन् । कसेकसैले जित्ने चाल देख्ने बित्तिक्कै हतारले त्यसलाई क्यास गर्न तम्सन्छन् । केहीले विपक्षीको चाल थाहा नपाएर खेल्दा हार्न पुग्छन् । कसैकसैले चेसका पुस्तकहर पढेर मास्टरहरुका खेल हेरेर आफूलाई एमेच्योरको तहसम्म पुर्याएका हुन्छन् । यसबाट उनीहरुले राम्रो पोजिसन बनाएको हुन्छ । यसरी पुस्तक हरेर चेसको आर्टका बारेमा अनुभव गरेका हुन्छन् । केही एमेच्योरहरुले नोटेसन थाहा नभए पनि, चेसको पुस्तकको ज्ञान नभए पनि थुप्रैपटक खेल खेलेकाले गर्दा त्यस अनुभवबाट आफूलाई एमेच्योरको तहसम्म पुर्याएका हुन्छन् । कोहीकोही एमेच्योरहरु यस्ता पनि हुन्छन् कि जसले पर्याप्त पुस्तक त पढेका हुन्छन् । जसले गर्दा ओपेनिङ्ग गेम एकदम राम्रोसँग खेल्छन् तर मिडल गेममा चुक्छन् ।

जब मास्टरले मास्टरसँग खेल्छ , चेसको सिद्धान्त अनुसार नै ओपेनिङ्ग गेम सुरु हुन्छ । कहिलेकाहीँ मात्र केही होसियार हुनलाई पुर्व तयारी अनुसार प्रयोगका रुपमा चाल नहुने भने होइन । मास्टरहरुमात्र सामान्य रुपमै विपक्षीसँग पावरमा बराबर रुपमा रहेर मिडल गेमसम्म पुग्न सक्षम हुनसक्छन् । त्यस्तो गेममा एउटा पाउन पनि कम्ती नभई जोडकातोड रुपमा दुबै पक्ष भिडिरहेका हुन्छन् । यस्तो गेममा विपक्षीले वा आफूले जस्तो सुकै टेक्निक लगाएता पनि बराबरी कै अवस्थामा भइरहेका हुन्छन् , न कि आफूले नै केही गुमाउँछ न नै आफूले नै कुनै अग्रता लिन सक्दछ । धेरै मास्टरहरुको गेम एक्लै आफूले चालेर दुबै पक्षको गेम खेल्दा पनि त्यस्तै चाल हुन्छ । तर ओपेनिङ्ग गेमदेखि नै वाइल्ड पोजिसनको रिजल्ट नदेखिने होइन तर विपक्षीले टाक्टिकल चाल चाल्ने हुनाले त्यो वाइल्ड मौका प्राप्त नभई बराबरीका रुपमा नै जोडकातोड भइरहन्छ ।

दुबै मास्टरहरुसँग सजगताको मात्रा प्रचूर हुन्छ । दुबैजना प्रचुर मात्रामा जाग्रीत भइरहेका हुन्छन् । दुबै जनाले जित्ने सकारात्मक धारणा प्रचुर मात्रामा राखेको हुन्छ । यस्तो खेलमा कुनै किसिमको पनि कमजोरीको भेउ पनि पाइन्न । मास्टरले आफ्नो बिपक्षीको अत्यन्तै झिनो कमजोरीबाट चाल जित्ने दाउ निकाल्न थाल्छ र यसैबट जितको खाता खोल्दछ । यदि यस अत्यन्तै झिनो कमजोरीलाई सहारा लिएर विपक्षीलाई कमजोर बनाउन नसक्ने भएमा विपक्षी कडा चाल चल्ने खालको छ र उसको चाल्ने तरिका यो भन्ने निक्यौल गर्न सक्षम हुन्छ । प्रायः सेताले चाल्नेको चाल बलियो हुन्छ र उसले एटाएक गेम खेलेको हुन्छ भने कालोले रक्षात्मक । तर दुबै मास्टरहरु बराबरी नै हुन्छन् । त्यसैले यस्तो खेलमा मिडल गेमसम्म दुबै मास्टरहरु्र बराबरी नै हुन्छन् । दबैजनाले एकदम सङ्घर्ष गरिरहेका हुन्छन् । दुबैले जितको भेउ पाउन एकदम प्रयास गरिरहेका हुन्छन् । यस्तोमा दुबैको जितको सम्भावना बराबरी नै हुन्छ र दुबैजना बराबरी भएर खेल “ड्र”मा टुङ्गिन्छ । तर यदि दुई मध्ये एकले धेरै झिनोे मात्रामा पनि चाल गल्ती गरेमा विपक्षीले तुरुन्तै त्यो झिनो लाभको फाइदा उठाइहाल्छ र जितको मात्रा बढाउँदै लैजान्छ अनि जित हासिल गर्दछ । तर यस्तोमा पनि प्रायः विपक्षीले पासो थापेको पनि हुन सक्छ । एकातिर एडभान्टेज हेर्दा अर्कोतिर आफ्नो चाल पछि पारिदिन्छ । फेरि एउटा गोटी बलिदान दिएर आफ्नो बचाउ गर्नुपर्ने हुन्छ र चाल फेरि बराबरीमै जारी रहन्छ । त्यो चालबाहेक अरु चाल चालेमा पछि पर्ने भएकाले दुबै मास्टरले निरन्तर बेस्ट चाल नै चलिरहेका हुन्छन् । जित्ने चालहरु चालैपिच्छे आइरहेको हुन्छ तर बेस्ट चाल दुबैले चाल्ने हुनाले ड्रको पोजिसनको नजिक दुबै पुग्छन् । यस्तोमा जित्ने विजेतालाई तीखो दिमागको, गहिरो सोचाइको मानिन्छ र उसले यो विपक्षीले भन्दा धेरै पछिको चालको हिसाब गर्न जानेकाले नै भएको मानिन्छ ।

एमेच्योर र एमेच्योर खेल्दा दुबैको खेल कमजोर चालबाटै सुरु हुन्छ । त्यस्ता खेलहरु रणनीतिकरुपमा कमजोर हुन्छ तथा कमीकमजोरीहरु पनि त्यत्तिकै हुन्छन् । यस्तो कमजोरी हुनाका काराण पिपक्षीले थुप्रै राम्रा चालहरु पाउँछन् । कुनै सानो समयमा पनि मीठो चाल देखापर्छ । तर एमेचयोरहरु दुबैले यो स्वीकार्दैनन् कि विपक्षीले बिगार्नाका कारण उनीहरुले यस्ता राम्रा चालहरु पाएका भनेर । त्यसैले दुबैले प्रायः चालहरु पुरै राम्रो गरी खेल्न सक्दैनन् । खेलको स्तर वृद्धि हुँदै गएपनि त्यसलाई एमेच्योरले निरन्तरता कायम राख्न सक्दैन । उदाहरणका लागि निरन्तर चाल चाल्दै गएपछि धरै चालपछिकोे विजयमा केन्द्रीत हुन र विपक्षीलाई दबाबमा राख्न समर्थ हुँदैन । चालैपिच्छे नै बेस्ट चाल चाल्न असमर्थ भएको हुन्छ । त्यसैले चाल अलि थोरै खस्किएको हुन्छ । अनि विपक्षलिे जब यो भेउ पाउँछ उसले पनि विजय प्राप्त गर्न सक्दैन तर जब उसले चेसको किताबमा देखेजस्तै विजयको गन्तव्य देख्दछ तब मात्रै उसको विजय निश्चित हुन्छ ।

मास्टर र एमेच्योर :– जब मास्टर एम्मेच्योरसँग खेल्दछ, त्यो खेलाडीले कुनै पनि गल्ती गर्दैन । कुनै कमजोर चाल पनि चल्नु पर्दैन । उसले एमेच्योरका सबै चालबाजीहरुको भेउ पाउँछ । यस्तो खेलमा एमेच्यारका प्रत्येक कमजोर चालबाट मास्टरले प्रचूर मात्रामा फाइदा उठाउँछ । मास्टरलाई यस्तो खेल जित्न पनि अति सजिलो हुन्छ । किनकि यस्तो खेलमा एमेच्योरले एउटा दुईटा मात्र होइन धेरै गल्तीहरु गरेको हुन्छ । तर यस्तै खेल खेल्दा पनि एमेच्योरले आफ्ना गल्तीहरुबाट पाठ सिक्छ । यस्तो गल्ती यसकारणले हुन्छ भनेर मास्टरको प्रतिक्रिया पाउँदा ऊ अर्को खेलका लागि पहिलेभन्दा मजबुत हुन्छ । यो चालेको भए अझ राम्रो हुने थियो भनेर पनि मास्टरले देखाइदिन्छ । यसले एमेच्योरलाई खेल पछि राम्रो खेल्नलाई लाभ हुन्छ । जब खेलमा समग्रमा नै थुप्रै सँख्यामा गल्तीहरु हुन थाल्छन् , एमेच्योरले कुनै चालले पनि कुनै पनि रक्षा गर्न सक्दैन र उसले हार स्वीकार्दछ ।

राम्रो चाल :– एमेच्योरले आफूभन्दा तल्लो एमेच्योरसँग खेल्दा राम्रो चाल उत्पादन गर्न समर्थ हुन्छ तर यस्तो राम्रो चालबारे उसले पहिल्यै जानेको हुन्छ तर कहिलेकाहीँ नजानेको पनि हुन्छ । यसले गर्दा विपक्षीले कुनै चाल निकाल्न नसकी हार स्वीकार्नुपर्ने हुन्छ । अर्को शब्दमा भन्ने हो भने राम्रो ठूलो फाइदाजनक चाल ल्याउन उसले विपक्षीलाई जुवामा हराए जसरी विपक्षीको कमजोर चाललाई दिमागले समीक्षा गरेर राम्रो चालले हराएको हुन्छ ।

तर मास्टरको खेलमा यस्ता कमजोरीहरु देखापर्दैन । मास्टरका चालहरुबबारे एमेच्योरले भेउ नै पाउँदैन । एमेच्योरले त चेसको थ्यौरी अनुसारको चाल मात्र हेरिरहेको हुन्छ, त्यसैले पनि यस्तो हुने हो । यसले गर्दा मास्टरको राम्रो चाललाई उसले चेसको थ्यौरी अनुसार हेर्ने भएकोले तथा चेसमा अनगिन्ती लाखौं चाल हुने भएकाले त्यो सबैभन्दा राम्रो चाल चेसको थ्यौरी अनुसार सधैं नहुने हो । त्यसैले चेसको सबैभन्दा राम्रो चाल जान्नका लागि मास्टरको खेल लाइभ हेर्नुपर्ने हुन्छ । यो मौका खेलको स्तरोन्नति गर्नका लागि एमेच्योरले मास्टरसँग खेल हारेरै खेल्दा पनि प्राप्त गर्दछ । त्यसैले एमेच्योरले चेसको थ्यौरी अनुसार राम्रो चाल चाल्दा पनि मास्टरको टेक्निकका सामु टिक्न असमर्थ हुन्छ । कहिलेकाहीँ मास्टरले जानीजानीकन पनि कमजोर चाल चाल्दछ जसले गर्दा विपक्षीको रणनीतिको भेउ पाउँछ र पछि राम्रो चालले तुरुन्तै सशक्त चाल चाल्न समर्थ हुन्छ र आफूले विजय प्राप्त गर्दछ । एमेच्योरले थ्यौरीको बाहेक अरु चाल्न सक्दैन तर मास्टरले समग्र चाल चाल्ने क्षमता राख्दछ । मास्टरले आफ्ना जुनै पनि खेलको विश्लेषण गरिरहेको हुन्छ भने एमेच्योरले थ्यौरीबाट मात्र हेर्ने भएकोले प्राक्टिकल अर्थात परेर जान्ने बेस्ट मुभको चाल उसबाट आउँदैन ।

मास्टरले राम्रो चाल चाल्नेबारे जम्मा दुइटा कारण हुन्छ । एउटा यदि विपक्षीले राम्रो पोजिसन पत्ता लगाउँछ जहाँ मास्टरले कहिलेकाहीँ अलमलमा परेर हल नगरीकन चाल चाल्दछ , विपक्षीले यही कमजोरीमा टेकेर फाइदाजनक चाल उत्पादन गरी विजय प्राप्त गर्दछ । अर्को भनेको मास्टरले फाइदामा विपक्षीको गोटी खाइसकेको हुन्छ तर त्यो चाल चेसका विश्लेषकहरुले त्यो बेलासम्म विश्लेषण नगरेको चाल हुन्छ र मास्टरको त्यो चाललाई चुकेको चाल भनी प्रश्न गरिन्छ अनि समीक्षकहरुद्वारा अलोचित हुन्छ ।

चेस खेल्ने तरिका :– मात्र सबै मास्टरहरुले एउटै तरिकाको चेस खेल्दैनन् । कसैले जोरी खोजेर खेल्छन् त कसैले आक्रमक खेल खेल्छन् कसैले एकदम मजबुत रक्षात्मक खेल खेल्छन् । कसैले पुर्व तयारीका साथ बनाइएको चालअनुसार खेल्छन् त कसैले विस्तारै खेल जिततिर विकसित गर्दै लाने किसिमले खेल्छन् । आफ्नो स्वभाव अनुसारले कब्जा जमाउँदै प्रायः मास्टरहरुको खेल्ने तरिका हुन्छ ।

चेस खेल्ने धेरै तरिकाहरु हुन्छन् । विपक्षीले कुन गोटी चालेमा कुन गोटी चाल्नुपर्छ मास्टरले सोही तरिका अनुसार चालेको हुन्छ । त्यस्तै चेसका अरु तरिकाहरु पनि हुन्छन् , त्यसमा पनि पुर्व सुनियोजित चालहरु नै हुन्छन् । यस्ता कुनै पनि योजनाविहीन अतिक्रमणको चाल चाल्दा हार्ने पनि उत्तिकै सम्भावना हुन्छ ।

तर खेललाई यो मास्टर तरिकाको खेल वा यो एमेच्योर तरिकाको खेल भनेर भने छुट्याइएको हुँदैन । पहिलेपहिले चेसका केही पोजिसनको मुल्याङ्कनअनुसार गोटीहरुको यो पोजिसन आएमा मास्टरको खेल अनि यो पोजिसन आएमा एमेचयोरको खेल पनि भनिन्थ्यो । त्यस्तै सबै मास्टरहरुको झुकाव बेस्ट अर्थात उत्कृष्ट चालको लाइनमा हुन्छ भने एमेच्योरको चाल अलि कमजोर किसिमको हुन्छ ।

एमेच्योरहरुको वर्गिकरण :– यद्यपि एमेच्योरहरुलाई सहजसँग खेल्न गाह्रो हुन्छ । छिटो राम्रो चाल खेल्न सक्दैनन् । उनीहरलाई कच्चा खेलाडीका रुपमा तीन किसिमले वर्गीक्रण गर्न सकिन्छ ।

क) बेगिनर :–जसको खेल राम्रो ध्यान नदिएर खेल्ने हुनाले पाउनहरु तथा अरु गोटीहरु खुवाउन पुग्छन् । जसले गर्दा खेलमा विपक्षीसँग तुरुन्तै आत्मसमर्पण गर्न पुग्छन् ।

ख)कफीहाउस प्लेएर :– कफीहाउस प्लेएर पनि किताबअनुसार खेल्दैनन् । उनीहरुले चेसको थ्यौरीअनुसार खेल सुरु गर्छन् तर मिडल तथा इण्डिङ्ग गेमसम्म पुग्न सक्दैनन् , यद्यपि उनीहरुको अनुभवपुर्ण खेलले गर्दा रणनीतिकरुपमा खेल्ने खुबी हुन्छ ।

ग) बुक एमेच्योर :– बुक प्लेएरहरु सबैको ओपेनिङ्ग गेम लगभग उस्ताउस्तै हुन्छ । तर उनीहरुको अनुभव तथा रणनीतिहरु मिडल तथा इण्डिङ्ग गेममा सीमित मात्रामा मात्रै हुन्छ । बुक प्लेएरहरुलाई पनि वर्गीकरण गर्न सकिन्छ । एउटा जसले किताबमा पर्याप्त मात्रामा चेसका बारेमा अध्ययन गरेको हुन्छ , तर खेल्दा कमजोर नै खेल्छन् । अर्को जसले चेसको किताबको थ्यौरी जानेको हुँदैन तर मिडल गेम र इण्डगेम कडासँग खेल्न सक्छन् । छोटकरीमा भन्नुपर्दा उनीहरुले मास्टरको तहसम्म पुग्ने बाटो बनाइसकेका हुन्छन् ।

मास्टर र बेगिनर :– यद्यपि बेगिनरहरुले गोटी नखुवाइकन खेल्न सक्दैनन् । उनीहरुले गोटी खुवाएर रणनीतिक खेल खेल्न आतुरता देखाउँछन् । जसले गर्दा उनीहरुले काउण्टर अटाएक गर्न असक्षम हुन्छन् । यसले उनीहरुले धेरै प्रकारका असक्षमता प्रकट गर्दछन् । तर यस्तोमा पनि मास्टरले ठुलो फाइदाले खेल खेल्दैनन् बरु खेल थोरै चालले सिकाउने दाउमा हुन्छन् । अर्कोतिर बेगिनरहरुले लामो समयसम्म रक्षात्मक खेलेर टिकिरहन भने सक्छन् । विशेषतः पाउनको मात्र चालले पनि बेगिनरलाई टिकिरहन हम्मेहम्मे नै पर्दछ । बरु यसले विपक्षीलाई सबैतिरबाट एटाएक गर्न छुट दिन्छ । यस्तो बेला बेगिनरले अर्थ न वर्थका चालहरु चाल्नैपर्ने बाध्यताहरु आइपर्छन् जसले गर्दा मास्टर तुरुन्तै ओपेनिङ्ग गेमबाटै विजयको नजिक पुग्छन् ।

मास्टर र कफीहाउस प्लेएर

कफीहाउस प्लेएरको खेलमा बेगिनरको जस्तो कमजोर गेमहरु क्रमशः सिलसिलेवार रुपमा नआए तापनि केही त्रुटिहरु हुनाका कारण हारको नजिकमा पुग्छन् । उनीहरुको खेल बेगिनरहरुकोभन्दा अलि मज्जाको नै हुन्छ उनीहरु थ्यौरी अनुसार बाँधिएका हुन्छन् तर तुरुन्तै यसरी थ्यौरीअनुसार भने आउन सक्दैनन् र आफूले थ्यौरीअनुसार मात्र चाल्ने भएकाले चाल चाल्न धेरै समय लगाएर भए पनि अत्यधिक फाइदाजनक खेलसम्म पुग्न भ्याउँछन् ।

यस्तो प्रकारको खेलमा, मास्टरले तुरुन्तै सानोसानो फाइदा क्रमशः निकाल्दै जान्छन् र अन्ततः विपक्षीको कमजोरीमा धावा बोल्छन् । मास्टरका लागि अरु फाइदाजनक चाल यस्ता हुन्छन् कि त्यो उनका लगि सहज चाल हुन्छ जुन फाइदा अति सूक्ष्मरुपका हुने भएकाले चेसमा तालिम प्राप्त नगरेकाहरुले उसलाई देख्न सक्दैनन् । तर सफलता प्राप्त गर्न कफी हाउस प्लेएरको कमजोर चालबाट मास्टरले ठूलोभन्दा ठूलो फाइदा निकाल्दै जान्छ र अन्त्यमा पराजित गरेरै छोड्छ । यद्यपि कफी हाउस प्लेएरको सबैजसो रणनीति गर्ने क्षमता मास्टरले बडो होशियारीपुर्वक हेरिरहेको हुन्छ तर धेरै लामो समयसम्म भने रणनीतिभन्दा युद्धकलालाई हेरिरहेको हुन्छ ।

मास्टर र बुक एमेच्योर :– बुक एमेच्योरले खेल्ने खेल चेसको थ्यौरीअनुसार नबहे तापनि उनीहरुले ओपनिङ्ग गेम सहजतासँग पार गर्छन् । मिडल गेममा पनि यस्ता खेलाडीहरुले गल्ती गर्दैनन् । बरु उनीहरुले केही झिनो गल्तीले गर्दा राम्रो रणनीति गर्न चुक्छन् । जसले गर्दा उनीहरले कुनै पनि आक्रमण गर्न नसकेर त्यत्तिकै जे भए पनि चाल चालिरहन्छन् । अनि पछिसम्मको चालमा जितसम्म भने एकदम गाह्रो रुपमा क्यालकुलेशन गरे तापनि जित देख्न सक्दैनन् ।

बुक प्लेएरहरुसँग खेल्दा मास्टरहरु मिडल गेममा मात्र लाभको चालमा पुग्छन् । जब मास्टरले यस्तो झिनो कमजोरी पत्ता लगाउँछ, त्यसकै आडमा मास्टरले खेललाई विकसित गर्दै जिततिर लैजान्छन् ।

यद्यपि केही यस्ता धेरै कडा खेल्ने बुक प्लेएरहरु पनि हुन्छन् जसको आपेनिङ्ग चाल थ्यौरीअनुसार ठीक मात्र हुँदैन , मिडल गेम बारे पनि एकदम बिज्ञता हासिल गरेका हुन्छन् जस्तोकि मास्टरलाई पनि यस्तो मिडल गेम सम्मको राम्रो चालले चकित पारिदिएको हुन्छ । यस्तो खेलमा मास्टरले केही झिनो लाभबाट बढाउँदै खेललाई विजयको निकट पुर्याउँदछन् । केहीले यस्तो खेलमा विजयको निकट पुगे तापनि कि त बराबरी अथवा कि त मास्टरले नै जित्छन् । एकदम कडा बुक प्लेएर छन् भने बराबरी मात्र भइरहन्छ । तर बराबरी नै भए पनि बराबरी हुनाका कारण मास्टरले प्रस्टै थाहा पाउँछन् भने एमेच्योरले भने नब्बे प्रतिशत जति मात्र थाहा पाउँछन् । जब बुक प्लेएरले मिडल गेममा पुगे तापनि चेसको पोजिसनको बारे राम्रो ज्ञान नहुनाले रणनीति पुरै राम्रो बनाउन सक्दैनन् । कहीलेकाहीँ मास्टरले पनि बुक प्लेएरको झिनो कमजोरीमाथि विजय प्राप्त गर्न सधैं उत्कृष्ट चाल चालिरहन चुक्छन् र यस्तोमा फेरि बुक एमेच्योरले खेललाई पहिलेको जस्तै टक्करको स्थितिमा पुर्याउँछन् । जसको कारण खेल जितेर पनि मास्टर र बुक प्लेएरको खेल बराबरी मै टुङ्गिन्छ ।

चेस थ्यौरी :— अहिलेको चेसको सर्वव्यापक थ्यौरी आउनुभन्दा अगाडि यो पत्ता लागेको थियो कि केही निश्चित सिलसिला अनुसारको ओपनिङ्ग गेम अरु चालहरुभन्दा सबभन्दा उत्तम हुन्छ । यस्तो सिलसिलाबाट खेल अत्यधिक खेलिए र त्यस्ता खेलहरुको नामाकरण पनि गरियो । यसको धेरै समयपछि यस्तो मान्यताबाट कुनै पनि खेल भएन कि जसबाट मास्टरहरले धेरै सफलता प्राप्त गरे । यस्ता चालहरु आक्कलझुक्कल मात्र प्रतियेगिताहरमा प्रयोग भए । मास्टरहरुले यस्ता सिधा र कमजोर ओपेनिङ्ग चालहरुलाई आफ्नो खेलको धारले तुरुन्तै छिचोले र कोसिस गरेर चेसको खेललाई अझ विकास गरी कडा खेल बनाए । उनीहरुको चेसको थ्यौरीको खण्ड चेसको प्रतियोगिता खेल्न अगाडि द्रुततर रुपमा हुन थाल्यो । यस्तो सिलसिलाको खेल चेसको खेल विकास १६औं शताब्दीको सुरुवातदेखि सन् १८५० सम्म भयो ।

केही आपेनिङ्ग छन् जस्तो कि रुइ लोपेज, क्वीन ग्याम्बिट, र सिसिलिएन डिफेन्स । यी ओपेनिङ्ग धरैले प्रयोग गर्दछन् , धेरैले यो रणनीति अरु चालहरुभन्दा बढी अपनाउँछन् । किनकी यी चालहरु टुर्नामेन्टका लागि धेरै प्रभावकारी छ भन्ने पत्तालाग्यो । यस्ता निश्चित चालहरु मध्ये केही समयका लागि एउटा चाल ब्यापक हुन्छ भने केहि कालका लागि अर्को चाल । ओपेनिङ्ग गेमका लागि अनुसन्धानबाट यो पत्ता लाग्यो कि चेसका यस्ता ओपेनिङ्गहरु अत्यधिक हुन्छन् , तर यसको नतिजा भने कहिल्यै सोचे अनुरुप हुँदैनन् किनकी यसबाट चालहरु यत्ति धेरै उब्जिन्छन् कि त्यो असीमित संख्यामा हुन्छन् । सबभन्दा सफल ओपेनिङ्ग गेम त्यो हो अथवा जुन अहिलेका अधिकांश चेसका विज्ञहरुले खेल्नका लागि सुझाव दिन्छन् त्यो भनेको अहिलेको वर्तमान समयमा मास्टरहरुले जुन अ‍ेपेनिङ्ग गेमले या त जित या त बराबरीमा टुङ्ग्याउँदछन् , यसैलाई आजकाल चेसको थ्यौरी भन्ने मान्यता प्राप्त छ । चेसको बारेमा जुन छलफलहरु हुन्छन् यसरी खेलिनु पर्दछ…………….। यस्तो खेलका लागि सुझाव दिइन्छ …………….. । थ्यौरी अनुसारको चाल भनेको यो हो ………………………..।

चेसको थ्यौरी भनेको स्टाटिक्स होइन । हरेक वर्ष केही न केही खेलको विकास र उपलब्धिहरु भइरहेका छन् । नयाँ नयाँ खेलका रणनीतिहरु आविष्कार भइरहेका छन् । इतिहासको कालखण्डको एक दशकको समयभित्र निश्चित भएका राम्रा चालहरु फिक्का हुँदै त्योभन्दा राम्रा चालहरु आविष्कार भइरहेका छन् । योभन्दा राम्रो चेसको थ्यौरी अरु छैन ।

बुक चेस :— सबै देशहरुमा जहाँ हालसालै चेस खेल्दा जुन रेखाबाट जसले पनि ओपेनिङ्ग र इण्डिङ्ग गेमबाट सफलता पाउँदछन् त्यसलाई चेसको ओपेनिङ्ग र इण्डिङ्ग गेम भनी चेसको थ्यौरीमा थप नयाँ थ्यौरी अङ्कित गरिन्छ ।

मास्टरले प्रायः यिनै लाइनहरु उपयोग गर्छन् किनकी उनीहरुलाई थाहा हुन्छ किन त्यो चाल उत्कृष्ट र यसका विकल्पहरु किन कमजोर चालमा पर्दछन् भनेर । एमेच्योरले प्रायः यस्ता चालहरु अनुशरण गर्दैनन् किनकी उनीहरुले किताबमा भएका थ्यौरी अनुसारको चालमा सीमित हुन्छन् र उनीहरुले यही सजिलो कार्य रोजिरहेका हुन्छन् । किनकी उनीहरलाई लाग्दछ कि उनीहरुसँग भएको किताबको चाल नै उत्कृष्ट हुन्छ भनेर । तर मास्टरले किताबमा आउन अगाडिका नयाँनयाँ थ्यौरीहरु अनुशरण गरिरहेका हुन्छन् । साँच्चै भन्ने हो भने बेगिनरहरुले कहिलेकाहीँ मात्र यो सोच्दछन् कि चेसको सफल चाल चाल्नलाई चेसका किताबहरुका विविधतालाई सर्वेक्षण गरेर राम्रो चाल केलाएर प्रस्तुत हुनुपर्छ भनेर ।

मास्टरसँगको खेलमा बुक प्लेएर क्षतिपुर्तिसहित स्वचालित विजयसम्म पुग्न सक्दैनन् । यस्तोमा विजयको अनुकूलतासम्म पुग्न एमेच्योरका लागि परम्परागत ओपेनिङ्ग र इण्डिङ्गबाट सम्भव त हुन्छ तर विनाकुनै परिणामको अध्ययनले गर्दा यो मात्र वेवकुफी मात्र हुन जान्छ । खेलाडीहरु जसले थ्यौरीका किताबका रेखाहरु जान्दैन्न् किनकि उनीहरुलाई महत्त्वपुर्ण सामान्य चालहरुबारे ज्ञान हुँदैन र उनीहरु मेशिन जसरी खेल्न पुग्छन् । जब पहिलोपटक उनीहरुले खेल खेल्दाखेल्दै इण्डिङ्गसम्म पुग्दछन् उनीहरुले प्रायः खतरनाक चालहरु भेउ पाउन सक्दैनन् र सफल हुन सक्दैनन् । यस्तैमा पनि उनीहरुलाई ठीकरुपमा ज्ञान हुँदैन कि त्यस खेलको नतिजा ओपेनिङ्ग खेलको सिलसिला सुरु भएर विकसित हुँदै आएको हो वा समानान्तररुपमा आएको हो भनेर । किनकी उनीहरुले यस्ता खेलको कहिल्यै प्राक्टिकलरुपमा अध्ययन गरिसकेका हुँदैनन् ।

बुक प्लेएर र ननबुकप्लेएरको खेल पनि अभिरुचिपुर्ण नै हुन्छ । यदि बुक प्लेएरले कसरी राम्रो चालमा जाने भनेर किताबको आधारमा खेलको मोड परिवर्तन गर्दछ र यसबाट ऊ ओपेनिङ्ग गेममा केही फाइदाजनक चालमा पनि पुग्छ तर उसले यसपछि चाललाई विकसित गर्न भने सक्दैन ।

चेसको नियम :– विगत एक शताब्दी अगाडिसम्मका थुप्रै अध्ययन तथा अनुभवहरुबाट कसरी खेललाई जित्ने भनी तरीकाहरु प्रकाशित भए । निश्चित किसिमका चालहरु तथा पोजिसनहरु लाभकारी हुन्छन् भन्ने पत्ता लगाइयो र बाँकी चाल हानीकारक हुन्छन् भन्ने पनि । कुनै गोटीहरु पनि अरु गोटीहरुभन्दा पावरफूल हुन्छन् र कुनै गोटीहरु कुनै निश्चित पोजिसनका लागि शक्तिशाली हुन्छन् अरु गोटीहरु पावर भएकै गोटी भए पनि निश्चित कुनै पोजिसनहरुका लागि शक्तिसाली हुँदैनन् । मास्टरहरुको अनुभवले चेसको नयाँ सिद्धान्तहरु प्रतिपादित गरे र नयाँ चेसका नियमहरु प्रकाशन गरे । यो निश्चित मास्टरहरुका लागि सत्य पनि सावित भयो । त्यस्तै यो चेसको सामान्य जानकारी लिनेहरुका लागि सफल पनि सावित भयो । यो चेसका मास्टरहरुले पुस्तकहरुमा दैनिक चेसका पजलहर लेखेर सावित गरेर पनि देखाए तिनीहरुमध्ये टारास् र इम्यानुअल लास्कर प्रमुख छन् । खासगरी अहिलेको समयमा यी नियमहरु खेलाडीहरुले प्रयोग गरेर जितिरहेका भने छैनन् तर यस्ता सामान्य सिद्धान्तका नियमहरुले सफल खेल जान्नका लागि हुन्छ भन्नेचाहिँ प्रमाणित गर्यो । किनकी प्रायः चेसका दुबै पक्षका खेलाडीहरुले यी नियम कै आधारमा खेल्छन् र यसले गर्दा दुबै पक्ष मजबुत हुन्छन् र यो खेलको इण्डिङ्गसम्म नपुगी इण्डिङ्गमा अन्य खेलहरुको आविष्कार हुन पुग्छन । तर दुबै पक्ष मध्ये एक पक्षले मात्र यो नियम पछ्याउँछ भने उसको जित निश्चित नै हुन्छ तर सबैले यो रणनीति थाहा पाउने भएकाले यो नियमबाट लगभग मिडलगेमसम्म मात्र पुग्न सकेपनि भाग्यमानी नै हुन्छ तर दुबैपक्षको जोडकातोडका हुने भएका कारण यसबाहेकका अरु रणनीति खेलाडीले जान्नुपर्ने अनिवार्यता देखिन आउँछ । जान्नुपर्ने कुरो चेसको नियम हो , चेसको थ्यौरी अनुसारको मुभ टु मुभ१०० प्रतिशत चाल कहिल्यै पनि हुँदैन । त्यसलाई त आफैले सिद्धान्तअनुसार चाल्दै जाने हो ।

धेरै खेलहरु चेसका किताबका सिद्धान्त अनुसार नखेलिएर पनि हार हुन्छ । फेरि धेरै यस्ता खेलहरु पनि हुन्छन् जसले चेसका थ्यौरीहरु जस्ताको तस्तै आँखाचिम्लेर खेल्दा हार्न पुग्छन् । समयसमयमा एमेच्योर प्लेएरहरुले थ्यौरी अनुसार खेल्दा पनि राम्रा चालहरु देख्न सक्दैनन् र कडा चाल चाल्न असमर्थ हुन्छन् र हार्न पुग्छन् । चेस राम्रो खेल्ने टेक्किन भनेको चेसको नियम अनुसार पनि चाल्ने तर त्योभन्दा राम्रो चाल देखापरेमा त्यसलाई अनुसरण गरेर काउण्टर एटाएक गरी इण्डिङ्ग गेममा पुर्याउनु नै हो ।

एमेच्योरहरुका लागि उत्कृष्ट चाल यो हो कि यदि वाध्य छ भने उनीहरुले चेसका सिद्धान्त अनुसार पनि खेलुन् , त्यहाँ केही विशेष निश्चित केही राम्रा चालहरु देखा परे त्यसलाई मन्थन गरेर इण्डिङ्ग गेममा पुगी यदि जित्ने परिणाम हुनेछ भने त्यस्ता निश्चित सिद्धान्तलाई तोड्न हिच्किचाउनु हुँदैन ।

चेसको विश्लेशण

चेसको विश्लेशण त्यो हो जसमा चेसका पोजिसनहरुका बारे अध्ययन गरिन्छ । हरेक चाललाई राम्ररी जाँच पडताल गरिन्छ । आफ्ना गोटीका पावरहरु कायम हुन्छन् कि हुँदैनन् चाल्न अगाडि ध्यान दिइन्छ र ती पावरहरु समेट्ने गरी निर्णय गरिन्छ । यसमा सबै सामान्य चालहरुका सबै राम्रा चालहरु बारे अध्ययन गरिन्छ । साधारणतः हरेक चाल चाल्नु अगाडि यस्ता चालहरु बारे ध्यान दिइन्छ । कुनै निश्चित पोजिसनमा खेल जित्नका लागि क्रमशः निर्धारित चाल चाल्न बाध्य हुनुपर्ने हुन्छ । नेतृत्त्वको सही पुर्वानुमान हुनेले गर्दा यस्तो विश्लेशणको माध्यमले चेसको खेलमा अरु बाँकी चालहरुभन्दा खेलले विजयको मार्ग पहिल्याउँदै जान्छ ।

एमेच्योरले चेसको खेलको पोजिसन हेरेर विश्लेशण गर्दा ठीक अथवा बेठीक पुर्वानुमान हुन्छ र भन्ने गर्दछन् “ यदि मैले यो खेल खेलेको भए यस्तो हुने थियो ।” यदि चेसका कोलम लेख्नेहरुले लेख्दा भने “अबश्य नै यो चाल चाल्नु घातक हुन्छ 10 N×P……

सबभन्दा मोहित पार्ने धारणा भनेको चेस त्यो सत्य हो धेरै पोजिसनहरुमा धेरै प्लेएरहरुले (बिशेषतः किबिजरको धारणाअनुसार) आफ्नो चाललाई मुर्तरुप दिन उत्कृष्ट चालहरु चाले नै पनि भिन्नभिन्न चालहरुका श्रृङ्खलाहरु क्रमबद्धरुपमा आउँछन् ।

मास्टरको चालमा ठुलो चाल दबिएर रहनाका कारण, मास्टरको प्रकृतिक चाल तथा विश्लेशण एमेच्योरको जस्तै देखिए तापनि केही हदसम्म फरक नै हुन्छ । अर्कोतर्फ त्यहाँ पोजिसन पनि उही भएर पनि सारभूत कुरो पनि उही हुनसक्छ । एमेच्योरका लागि यो महत्त्वपुर्ण हुन्छ कि प्रथमतः चालहरु आफुले विश्लेशण नगरी चाल्नु हुँदैन । अर्को भनेको विश्लेशणको क्षमता विकसित गर्दै लानुपर्ने हुन्छ ।

रणनीति

रणनीति चेस खेल्ने योजनावद्ध प्रक्रिया हो । रणनीतिको आधारमा उद्देश्यको खोज गर्नु तथा उद्देश्य प्राप्तिको उपलब्धि हासिल गर्ने लक्ष हुन्छ । एउटा रणनीतिको योजना एउटा पुर्ण खेलका लागि सुरक्षा वा आक्रमणका निम्ति घेरावन्दी गर्नु अथवा यो पनि हुनसक्छ कि अन्तिम धावा बोल्ने कुरालाई गोप्यता कायम राखी अन्त्यमा जितको सटिक प्रहार गर्नु । रणनीतिक खेलमा आफैँले राम्रो पोजिसन ल्याउनमा जोड हुन्छ अथवा यस्तो खेलले विपक्षीलाई धक्का दिएर खराब पोजिसनमा पुयाउने लक्ष हुन्छ । रणनीतिक चालहरु राम्रो पोजिसनको लक्ष मै हुन्छ र यसले आफ्नो पोजिसनको विकास गर्ने ध्येय लिएको हुन्छ जहाँ खेलाडी लाभतिर अग्रसर भएको हुन्छ । अथवा खेलाडीले विपक्षीलाई कमजोर बनाउने लक्ष लिएको हुन्छ जहाँको कमजोर विन्दुमा धावा बोल्ने वित्तिकै विपक्षी धेरै पछि परोस् । निम्न बिभिन्न पोजिसनहरु अनुसार खेलाडीले अत्यधिक लाभ प्राप्त गर्न सक्दछन् जुन कुनै पनि विपक्षीले कसैगरी पनि तोड्न सक्दैन :— १) भौतिक राम्रो पोजिसन, राम्रो स्क्वाएर अर्थात वर्गमा पकडको पोजिसन, फाइदाजनक पाउन अर्थात प्यालाको पोजिसन, बिसप अर्थात उँटको जता पनि चाल्न खुल्ला भई राम्रो पोजिसन, विपक्षीको राम्रो विसपको रोकावटको पोजिसन, विपक्षीको खराब विसपको बलिदानी, ओपेनिङ्ग खेलको राम्रो पोजिसन, चेसका ठाडो र तेर्सो दुबै ठाउँमा पकड हुनु , चेसका हरेक खालि ठाउँमा पनि प्रभाव जमाउन सक्ने पोजिसन, चेसको मध्य भाग अर्थात सेन्टरमा कब्जा जमाउन सक्नु , आफुसँग विपक्षीको भन्दा धेरै पाउनहरु भएर चाल्न सुरक्षित भएको अवस्था, प्रभुत्व जमाउन पर्याप्त समय भइरहनु वा चालको विकास भइरहनु , थुप्रै किसिमले विपक्षीलाई कमजोर पार्न सक्नु , आफ्नो सबै गोटीहरु चाल्नलाई ब्लक नहुनु, विपक्षीका चालहरु पर्याप्त चाल्नलाई ठाउँ नभई ब्लक हुनु , जुन दिसामा आक्रमणलाई लिएर जानुपर्ने हो त्यस्तै किसमले खेल हुनु आदिआदि ।

त्यस्ता खेलहरु पनि छन् जहाँ रणनीतिक खेलहरु धेरै स्पष्ट हुन्छन् । त्यस्तै अर्कोतर्फ राम्रो जित निकाल्न ज्यादै मुस्किल हुने रणनीतिक खेलहरु पनि हुन्छन् ।

यी माथिका रणनीतिहर मध्ये पनि मास्टरले उत्कृष्ट रणनीतिक पोजिसन रोज्दछ । जब पोजिसन स्वतन्त्र हुन्छ अनि उसले रणनीतिक प्रक्रिया सुरु गर्छ । उसले साधारणतः रणनीतिक पोजिसनहरु कल्पना गरिसकेको हुन्छ र लक्षसम्म पुग्न सो पोजिसनअनुसार सूत्रवद्ध चाल सोचिसकेको हुन्छ । एमेच्योरले प्रायः रणनीतिक प्रक्रियाविना खेल्छ त्यो के भने उसले ध्यान पुर्याए पनि उद्देश्यविहिन खेल चालैपिच्छे खेलेको हुन्छ । कहिलेकाहीँ कहिल्यै पनि स्विकार पनि गर्दैन कि कसरी उसले खेलको नियम अनुसर नै जित निकाल्ने हो भनेर ।

रणनीतिको प्रयोग अर्थात टाक्टिस

टाक्टिस एउटा चालबाट चाल चाल्ने प्राक्टिकल खेल हो जब विपक्षीका गोटीहरुसँग एक आपसमा टकराव गर्न सक्षम हुन्छ । टाक्टिस एउटा कसैले खोस्न नसक्ने क्यालकुलेसन हो । जब बिपक्षीसँग हाफ्ना गोटीहरु आमनेसामने हुन्छन् जुन तत्कालै सुजबुझ किसिमले विपक्षीलाई दिइने प्रतिक्रिया नै टाक्टिकल चालहरु हुन् । यस्ता चालहरु चेसका नियमअनुसार नै हुन्छन् ।

टाक्टिक्सको धारणा त्यो हो जब चालहरु बारे विस्तृत खाकाको रणनीतिक चालको अपेक्षा गरिन्छ । यस्ता टाक्टिक्सहरु पनि दुई प्रकृयाले गरिन्छ । पहिलो त्यस्तो क्यालकुलेसन हुन्छ जब रणनीतिक धारणा बनाउन अनिवार्यता महसुस गरिन्छ । यस्तो मुद्दामा ऊ केही तरिकाको मात्र उत्तरले रणनीतिक अवस्थामा पुग्दछ । अर्को टाक्टिक्स भनेको आक्रमक किसिमको पोजिसनको पाउँछौं जसमा सबै किसिमका उत्तरहरु सुझबुझ किसिमले स्विकारिन्छ र जसमा टाक्टिसअनुसार निर्णायक पक्षबाट खेल्न सक्षम हुन्छ ।

यसअनुसार धेरै सँख्यामा उत्प्रेरकमुलक तथा जुक्तियुक्त टाक्टिसहरु छन् जसले होशियारीपुर्वक खेलको विश्लेषण गर्न मद्दत गर्दछ जुन खेलका लागि जरुरी हुन्छ :— आक्रमणको सुरुवात गर्नु , झिनो आक्रमण गर्नु , चेक पत्ता लगाउनु , डबल चेक पत्ता लगाउनु , डबल एटाएक पत्ता लगाउनु , गोटीको बीचबाट चाल पत्ता लगाउनु , गोटी खानु , धरै चलायमान हुने ठाउँमा गोटी पुर्याउन सक्नु , अप्रत्यक्ष आक्रमणको पोजिसन बनाउनु , विपक्षीले चालेपछि धरापमा पर्ने चाल बनाउन सक्नु आदिआदि । जब पहिला पटक खेलहरुमा नयाँ किसिमका यस्ता खेलहरु उब्जिन्छन् तब यस्ता प्रत्येक चेसका अवस्थाहरु एमेच्योर तथा मास्टरहरुका बीच विश्लेशण गरिएका हुन्छन् ।

जब यस्ता कुनै पनि टाक्टिसहरु मास्टरले देख्दछ उसले थुप्रै फराकिला जितका सम्भावनाहरु देख्दछ र धेरै टाढासम्मका जितका लागि चालहरु एमेच्योरले नभ्याउनेसम्म क्यालकुलेसन गर्दछ । र उसको यस्तो सम्भावना एमेच्योरको भन्दा खेलका लागि मिल्ने खालको बन्न सफल पनि हुन्छ । उसले सबै पोजिसनहरु र खेल परिणाम सहजै चित्रपट अर्थात भिडियो जसरी नैै देखिसकेको हुन्छ र उसको उक्त खेलप्रतिको निर्णय जुन चाल अहिलेसम्मकै कुनै खेलहरुमा आविष्कार नभएको भए तापनि उसका ती चालहरु उत्यधिक प्रभावकारी हुन्छ ।

रणनीति र टाक्टिक्स

जब चेसको पोजिसन विलकुल ठीक हुन्छ र खेलाडीले फाइदा उठाउन पाउने निश्चित हुन्छ जब निश्चित चालले खेलको कायापलट हुने सम्भावना हुन्छ त्यसबेला चेसको स्थिति रणनीतिक हुन्छ । जब विपक्षीका चालहरु एक आपसमा भिडन्तको अवस्थामा हुन्छ अथवा भिडन्तका लागि योग्य हुन्छ , अवश्य नै त्यत्तिबेला यसपछिको चालमा एउटा अथवा त्योभन्दा बढी चालहरुमा के हुने हो भनेर राम्ररी क्यालकुलेशन गर्नुपर्ने हुन्छ त्यस्तो बेला परिणामको मुलयाङ्कन गर्न टाक्टिस चाहिने हुन्छ ।

जब स्थिति टाक्टिक्सको हुन्छ तब खेल रणनीतिभन्दा अग्रतामा पुग्दछ । एउटा टाक्टिक्सको स्थिति हल हुन्छ जब यस्तो स्थितिको सुरुवात हुन्छ । अर्को शब्दमा भन्ने हो भने जब टाक्टिक्सको स्थिति सुरु गर्नैपर्ने हुन्छ , एउटा खेलाडीले यसलाई विवेकले पनि त्याग्न सक्दैन र टाक्टिसको सुरुवात गर्नै पर्ने हुन्छ तर रणनीतको कुरा विचारमा मात्रै भएको हुन्छ ।

जब यस्तो रणनीति प्रयोगमा बाधा हुन्छ यस्तो रणनीतिको विस्तारै प्रभावक्षेत्र र गतिशीलतामा सुस्त हुन्छ र यसको परिणामत तुरुन्तै एउटा प्याला गुमाउनु पर्ने अथवा अर्को कुनै गोटी गुमाउनुपर्ने वा खेल छोड्नुपर्ने हुन्छ ।

रणनीतिक र टाक्टिकल विचारहरु केही हदसम्म फरक छन् यिनीहरुको प्रभाव क्षेत्र एउटै समयमा, एकदम नजिकको हुन्छ तथा थोरै मात्रामा फरक पनि हुन्छ । यदि एउटा खेलाडीसँग राम्रो रणनीतिको धारणा छ भने तब मात्र लक्ष्य प्राप्ति गर्न सक्दछ जब रणनीतिक विपक्षी खेलाडीले उसको रणकौशलको भेउ पाउँदैन । यदि खेलाडीसँग रणनीतिक दक्षता छ भने उसको दक्षताले प्रत्येक चालहरु विश्लेशण गरी परिणाम देख्न सक्दछ भने ऊ जित्न सक्षम हुन्छ । उसले आफ्नो रणनीतिलाई राम्ररी नबुझे पनि राम्रो पोजिसन भने भेट्टाउन सक्दछ भने यो भनेकोे टाक्टिकल खेलाडी हो । यो पनि टाक्टिकल खेलाडी हो कि जसले परिणाम नराम्रो हुने पोजिसनमा पनि कडा खेल जन्माउँछ जुन चालले तर्साएर विपक्षीलाई दबाबमा हराउन सक्दछ ।

एउटा खेलाडीले हार्ने पोजिसनमा खेल खेलिरहेको हुछ भने पनि उसकोे सर्वोच्च लक्ष भनेको रणनीतिक नै हुन्छ तर यस्तोमा ऊ टाक्टिकल खेल मै फर्किनु पर्ने अनिवार्यता हुन आउँछ । उक्त खेलाडीले टाक्टिक्सलाई ध्यानमा राखेर एटाएक गेम नै खेल्दछ ।

टाक्टिकल र रणनीतिकको सँयुक्त खेल

रणनीतिक र टाक्टिकल खेलको एकमुष्ट प्रयोग विशेष गरी पछिल्लो कम्बिनेशनमै हुन्छ । यस्तो कम्बिनेशनबाट जति सक्यो छिटो जित्ने छोटो तरीकाको खेल निश्चित विजयका लागि फोर्सले अर्थात शक्तिले प्राप्त गर्दछ । यस्तो चालको निष्कर्ष क्रमशः बिचारहरु सिक्रीजस्तै बन्दै गएको हुन्छ र यसलाई भाग लगाउन सकिन्न । सुरुमा हेर्दा धेरै राम्रो देखिने चाललाई जब एक–एक गरी हेरिन्छ त्यस्ता चालहरु प्रस्ताब विहीन तथा गल्तिका हुन्छन् । यस्ता क्रमशः आउने चालहरुपछि खेलको पोजिसन क्लिष्ट र नबुझ्ने हुन्छ र उनीहरुको आक्रमक चाल पनि सुस्तसुस्त हुन थाल्छ । यसबाट यसले देखाउँछ कि खेलको उद्देश्य अनिवार्य रुपमा पहिलो कम्बिनेशनको चिन्तनमा गएर टुङ्गिन्छ ।

प्रत्येक कम्बिनेशन होशियारीपुर्वक जाँचपडताल गरिन्छ । यस्ता कम्बिनेशनलाई ३ प्रकारले सञ्चालन गर्न सकिन्छ ।

क) कम्बिनेशनको विचार टाक्टिस गर्ने ।
ख) कम्बिनेशनका चालहरु क्यालकुलेशन अर्थात हिसाब गर्ने ।
ग) कम्बिनेशनको नतिजाको मुल्याङ्कन गर्ने ।

कम्बिनेशन चाल असफल भएर बनिने होइन । यो त साधरणतः विपक्षीको पोजिसनको केही कमी कमजोरीबाट उदय हुने हो । कम्बिनेशन सधैं अनिवार्यरुपमा कुनै किसिमले विपक्षीको गोटीको बलिदानी पश्चात मजबुत भएर आउँछ ।

१९औं शताब्दीको अधिकांश समयमा कम्बिनेशनलाई चेसको आधारभूत सिद्धान्तका रुपमा लिइन्थ्यो । खेलाडीहरुले आफ्नो प्रमुख आधारका खेलका लागि प्रायः बारम्बार कम्बिनेशनका लागि अनुसन्धान गर्दथे । तर कम्बिनेशनको खेलका लागि कल्पनाशील र क्यालकुलेटीभ क्षमता तथा दक्षता अनि जोखिम पनि मोल्न सक्ने हुनुपर्दछ ।

एमेच्योरले भन्दा मास्टरले प्रकृतिकरुपमै कम्बिनेशनका धेरै पोजिसनहरु देख्दछ र यस्ता परिस्थितिहरुको राम्रोसँग मुल्याङ्कन पनि सहजतासँग गर्न सक्दछ । एमेच्योरको कमजोर पोजिसनका कारण त्यहाँ प्रायः बारम्बार कम्बिनेटिभ खेलहरु देखापर्दछन् । कहिलेकाहीँ यी कम्बिनेशनहरु खेल छोड्ने निश्चय भइसक्दा पनि एक्कासी देखापर्दछ ।

चेसको सङ्घर्षको प्रकृतिक नियम

एउटा चेसको खेल आफु उत्कृष्ट बन्नका लागि चेसको बोर्डका दुइ प्रतिस्पर्धीहरुमा अत्यन्त आवश्यक भएर आउँछ । कालो र सेतो । जुनसुकै चेसको खेलमा पहिलो चाल चलाउन पाउने सुबिधाका कारण खुबी देखाएर सेतोले कालोमाथि अलिकति फाइदाजनक चालले प्रभुत्व जमाउन सक्षम हुन्छ । आरम्भिक अवस्थाको खेलमा , खेलको सुरुको चालमा सेतोले प्रभुत्व कायम राख्न कोशिश गरेको हुन्छ र यदि सम्भव हुन्छ भने यो सानो फाइदालाई वृद्धि गरेर लैजाने क्रममा हुन्छ तर कालोले यो अलिकति बेफाइदाजनक चालभन्दा माथि जाने कोशिश गरेर बराबरी अवस्थामा मात्रै आउने कोशिशमा ध्ध्यान दिइरहेको हुन्छ ।

जब मास्टर एमेच्योरसँग खेल्छ , यस्तोमा जब मास्टरले सेतोबाट खेल्छ भने एमेच्योर प्रायः बराबरीको अवस्थाको भेउ पाउन सक्दैन । तर यदि मास्टरले कालोबाट खेल्छ भने उसले प्रायः यस्तो प्ररम्भिक अलि कमजोर चालमा पनि सेतोमाथि दबाब बढाउँदै लैजान्छ र यसलाई ठूलो फाइदाजनक चालमा पुर्याउन सफल हुन्छ ।

बराबरीको अवस्था

बराबरी भनेको गोटीहरुको भौतिक बराबरी, बराबरी गोटीहरुको विकासको बारेमा, स्क्वाएर अर्थात वर्गहरुमाथि पकड (विशेषगरी मध्यभागको वर्गहरुमा पकड), वराबरीको एटाएक अर्थात आक्रमणको प्र्रेरणा वा सम्भावनाको बारे हो । दुई खेलाडी बीचको बराबरी अनुपातको खेलमा अर्थात यो बराबरीको राज्यमा कहिलेकाहीँ भएभरको शक्ति लगाएर बराबरीको स्थिति भइरहेको हुन्छ । यसरी खेलमा ड्र अर्थात बराबरी हुनुबाहेकको बिकल्प हुँदैन्। । तर मास्टर र एमेच्योरको खेलमा बराबरीको कायमता कदापि हुँदैन ।

प्रेसर अर्थात दबाब

चेसको खेल प्रत्येक गोटीहरुलाई खुल्ला मैदानमा लैजाने किसिमले विकसित भएको हो । प्रत्येक गोटी विपक्षीलाई निश्चित शक्तिले हराउन काममा ल्याउनु नै दबाब हो । वर्गहरुमा जब गोटीले चाल्न सम्भव हुन्छ तब गोटीहरुलाई उक्त वर्गमा लिएर जानुपर्ने हुन्छ । दृष्टान्तका रुपमा रुक अर्थात हात्तीले सिधा चारैतिरका लहरहरुमा दबाब कायम राख्छ, विशप अर्थात उँटले तेर्सो अर्थात छड्के, नाइट अर्थात घोडाले जुन ठाउँमा यो चाल्न सकिन्छ (जब घोडा मध्यभागमा हुन्छ ८ ठाउँमा चाल्न सक्छ) । गोटीहरुको फरकपनका कारण पाउन अर्थात पुलिसले वर्गमा एक चालको छड्के चालमा मात्र दबाब दिन सक्षम हुन्छ , जहाँ यसलाई चाल्न सम्भव हुन्छ ।

दबाबको धारणा चेसमा एकदम महत्त्वपुर्ण हुन्छ । समग्रमा सम्पुर्ण दबाबको प्रभाव पार्न चेसका खेलाडीहरु दिइएको छोटो नियमानुसारको समय र चालमा मरिमेटिरहेका हुन्छन् ।

एमेच्योर र मास्टर बीचको खेलमा प्रेसरको अर्थात दबाबको अत्यन्त महत्त्वपुर्ण भूमिका हुन्छ । एमेच्योरको दाँजोमा बास्तबमा मास्टरले धेरै भन्दा धेरै विशेषता बोकेर विस्तारै दबाब बढाउँदै लगेको हुन्छ र त्यहीँबाट प्रारम्भिक दबाब कायम गर्दै लगेको हुन्छ । यसरी दबाबमुलक खेल हासिल गर्दछ र कहिलेकाहीँ प्रतिस्पर्धीसँग समानान्तरीत हुन्छ ।

न्युट्रलाइजेसन अर्थात तटस्थता

विपक्षीको दबाबपछि काउन्टर प्रेसर अर्थात प्रतिदवावको सुरुवात हुन्छ । जब महत्त्वपुर्ण वर्ग अर्थात स्क्वाएरमा प्रेसर गर्न कसरत हुन्छ त्यहीँनिर विपक्षीले पनि प्रेसर दिन्छ । जब दवावाहरुका बीच जम्काभेट हुन्छ चेसमा त्यसैलाई दबाब भनिन्छ , कसैको बढी कसैको घटी । दुबै पक्षबीचको उत्तिक्कै किसिमको दबाब भइरहन्छ भने त्यसलाई तटस्थता भनिन्छ ।

विपक्षीको गोटीलाई सानो झट्का दिएर वा पेलेर वा विपक्षीको गोटीलाई खाएर जुन स्क्वाएरमा विपक्षीले अधिपत्य जमाइरहेको हुन्छ, आफ्नो गोटीलाई उक्त स्क्वाएरतर्फ लैजान सहयोग गर्ने काम उपलब्धीपुर्ण पनि हुन सक्छ । यस्तो तटस्थता अर्थात न्युट्रलाइजेसनमा विपक्षीले आफुले चालेको बीचको स्थानभन्दा माथिको स्थानमा कुनै पनि चाल चाल्न असम्भव हुन्छ र दुबैको गोटीको स्थिति तथा शक्ति बराबरी मात्रामा कायम रहेको हुन्छ ।

मास्टर र एमेच्योरको खेलमा बेगिनरले प्रायः तटस्थता कायम राख्न सक्दैन । उसले प्रारम्भिक अवस्थामा गुमाउँदै गएर तुरुन्तै रक्षात्मक खेल्नुपर्ने वाध्यात्मक स्थिति आउँछ । कफी हाउस खेलाडीले कहिलेकाहीँ मात्र न्युट्रिलाइजेसनसम्म खेललाई पुर्याउन समर्थ हुन्छ । बुक प्लेएर भने सधैँ नै आपेनिङ्ग गेमसम्म मात्रै मास्टरसँग न्युट्रलसम्म पुग्न सक्छ ।

शक्ति तथा सेनाको सञ्चय

जब विपक्षी खेलाडीले न्युट्रलाइजेसन कायम राख्न असमर्थ हुन्छ तब प्रायसः खेलाडीहरुले आफ्नो विचारणीय प्रयासले गोटीहरुको सञ्चयले भीषण दबाब दिएर खेल बनाउन समर्थ हुन्छ । यस्तोमा आफ्नो एक वा सोभन्दा बढी गोटीहरु गुमाएरै पनि प्रायः खेलाडीले विपक्षीलाई दबाब दिन प्रयासरतच रहन्छ । यस्तो स्थितिको खाता खोल्न उसले आफ्ना समस्त गोटीहरुको सहयोगले विपक्षीमाथि कठोर दबाब सिर्जना गर्दछ । यसको प्रतिफल स्वरुप विपक्षीको राजाको विरुद्धमा पुरै आक्रमण गर्दछ । यस्तोमा खेलाडीले आफ्नो सर्बशक्तिमान दबाबले विपक्षीलाई पराजित गर्दछ । किनकी यस्तोमा उसको आफ्नो सबै गोटीहरुको क्रियाकलाप बढ्दै गएको हुन्छ ।

स्थानमाथि नियन्त्रण

उदाहरणका लागि स्थानमाथि प्रभुत्व जमाउन आफ्नो गोटीहरु जस्तो कि प्याला अर्थात पुलिस अर्थात पाउनलाई प्रभावकारी स्थानमा लैजानु , पाउनलाई बोर्डको मध्यभागसम्म पुर्याउनु । विसप अर्थात उँटलाई प्रभावकारीरुपमा एक कुनाबाट अर्को कुनासम्म आफ्नो पाउनको गोटी चाल्न मिल्नेगरी चाल्नु । घोडा अर्थात नाइटलाई वलियो वर्गमा अर्थात वोर्डको मध्य भागमा पुर्याउनु आदि । स्थान माथिको नियन्त्रण विशेष यो हुन्छ कि विपक्षीले आफ्नो उँटलाई निश्चित कालो वा सेतो लहरमा प्रभाव पारिरहेको त्यही स्क्वाएरहरुमा आफुले आफ्ना गोटीहरुले नियन्त्रण गर्नु ।

मास्टरले प्रायः नियन्त्रणको सम्प्रभुत्वतामा विजय प्राप्त गर्दछ । उसले त्यसमाथि समानान्तर खेलले विपक्षी एमेच्योरमाथि दबाब दिइरहन्छ । यस्तो पोजिसनको जाँच पडताल गर्दा विपक्षीलाई चलमलाउन दिँदैन र सम्पुर्ण रुपमा खेलमा पकड जमाउँछ , यस्तोमा विपक्षीले न्युट्रिलाइजेसन पनि कायम राख्न सक्दैन र खेललाई जितको स्थानसम्म पुर्याउँछ ।

मध्यभागमाथि नियन्त्रण

मध्यभागको अध्ययन गर्दा चेसको बार्डको ठुलो स्क्वाएरलाई चार वटा स्क्वाएरमा भाग लगाएर हेर्न सकिन्छ । K4, Q4, K5 र Q5 । यो कुरा धेरै अगाडि नै पत्ता लागिसकेको हो कि राम्रा खेलाडीहरुले जसले यी स्क्वाएरहरुमा प्रभुत्व जमाउन समर्थ हुन्छ । यी वर्गहरुमा पकड भयो भने धेरै पछिसम्म पनि खेललाई नियन्त्रण गर्न सकिन्छ । मध्यभाग माथिको पकड एउटा पाउनको माध्यमबाट हेर्ने हो भने यसलाई बोर्डको मध्य भागसम्म चालेर अथवा मध्यभागभन्दा टाढा माथि बढाउने प्रयास गरेर गर्न सकिन्छ ।

हामीले न्युट्रलाइजेसनको अध्यायमा सेन्टरमाथि प्रेसर दिएर सेन्टर स्क्वाएरमा प्रभुत्व जमाउन सकिन्छ भन्ने थाहा पाइसकेका छौं । सेन्टरमाथिको न्युट्रलाइजेसनको थुप्रै अर्थ लाग्दछ । तर विशेषरुपमा पाउन र पाउनको मध्य भागमा साइक्रिफाइस अर्थात बलिदानीसँग यो सम्बद्ध छ । धेरैजसो खेलहरुमा कालाले न्युट्रलाइजेसनको खेल खेलकोे हुन्छ भने सेतो सेन्टर कन्ट्रोलको खेलतिर बढेको हुन्छ । तर दुबैले यसमा पाउनको माध्ययमबाट घट्दो क्रममा पाउनको लहरै पिरामिड बनाएर र एक नासले आफ्नो पाउनहरुको बनोटलाई सेन्टरसम्म पुर्याएर विपक्षीको संरचना ध्वस्त पारेर खेल समाप्त पारी जित हासिल गर्दछ ।

जाँगर र प्रत्याक्रमणको सम्भावना

एउटा चेसको खेलमा अत्यन्त मुल्यवान अमुर्त अस्थायि विशेषता भनेको जाँगर पनि हो । यस्तो जोश र जाँगरले गर्दा पनि विपक्षी खेलाडीलाई कष्ट दिएर आफ्नो खेलको मनोभावको पछि आउन बाध्य बनाइन्छ ।

एउटा क्षमतावान खेलाडी जोसँग कोशिश तथा जाँगर यत्ति प्रचुर मात्रामा हुन्छ कि यस्तो कन्फिडेन्सले गर्दा विपक्षीले जस्तोसुकै हडतालको दबाब दिएता पनि उसले खेलबाट पछि हट्ने चाल चल्नु पर्दैन किनकी खेलाडीको यस्तो स्तरियता देखेर विपक्षी हरसमय मनोबैज्ञानिक रुपमा दबाबमा रहन्छ ।

जब खेलाडीले जाँगर भएर पनि विपक्षीको चाल बुझ्न स्वेच्छाले पछि हट्दछ यस्तो निश्चित नापको जाँगरलाई काउण्टर चान्स अर्थात प्रत्याक्रमणको सम्भावना भनिन्छ । यस्तो काउण्टर चान्स अर्थात निर्णायक आक्रमणको चान्समा विपक्षीले आफुलाई गरेको आक्रमणलाई हेरेर खेलाडीको खेल सिक्ने र विपक्षीको भेउ पाउने गर्दछ ।

यस्तो जाँगरको खेल साधारणतः कुनै छोटो चालसम्म विपक्षीको आक्रमण उपलब्ध हुने भएमा मात्र कुनै निश्चित सँख्यासम्मको आक्रमण स्विकार्न मात्र खेल बढाउँछ ।

आक्रमण

जाँगरको नेतृत्त्व पक्का भइसकेपछि आफ्नो गोटीलाई अघि बढाउने निश्चय हुन्छ । जसले विपक्षीलाई रक्षात्मक तथा आक्रमक दुबै बनाउँछ । आक्रमण अर्थात एटाएकको मुख्य विशेषता भनेको नै आफुले दबाबमुलक खेल खेल्नु र विपक्षी खेलाडी रक्षात्मक खेल्न बाध्य हुनु नै हो । यस्तोमा विपक्षीले आफ्नो कुनै पनि योजनाको आक्रमक खेल खेल्न सक्दैन ।

आक्रमणलाई तब मात्र सिफारिस गरिन्छ जब आफ्ना गोटीहरुको पोजिसनको निश्चित विशेषताहरु देखापर्छन् । जस्तो कि उदाहरणका लागि राजाका स्थानमा सबै सञ्चित गोटीहरु हुनु , राजाका विरुद्धका स्थानका कमजोर पोजिसन हुनु , धेरै गोटीहरु अघि बढ्ने मौका पाउनु , यस्तोमा आक्रमणको तत्कालै कुनै चालै नभएरै पनि खेलमा यस्तो विशेषता हुँदैन भने कुनै न कुनै चाल त पत्ता लागीहाल्छ ।

आफ्ना विपक्षी खेलाडीलाई विनास गरी हराउन मार्ग प्रसस्त छ भने वा आफ्नो गोटीहरुको सँख्या तथा शक्ति बढी छ भने यस्तोमा खेलाडीले आक्रमणलाई एकदमै होसियारीपुर्वक क्यालकुलेसन अर्थात हिसाब गरेर आक्रमणलाई अघि बढाउँछ । प्रायः विपक्षीले गोटीहरु जुधाएर धेरै विचार गर्न नपर्ने गरी चालहरु खोजिरहेका हुन्छन् र यसरी पनि आक्रमण गरिरहेका हुन्छन् । यसबाट उसले कुनै योजना बनाएको छैन भन्ने भेउ यसैबाट प्राप्त हुन्छ । यस्तोमा आक्रमण प्रायः लुप्त नै भएको दर्सिन्छ । यो भनेको विपक्षीको संगठनात्मक तथा गोटीहरुको सँख्याको प्रतिकुल स्थिति हो । विपक्षीको यस्तो क्रियाकलाप हेरेर यो बुझ्न सकिन्छ कि विपक्षीले अरु गोटीहरु जुधाउनु मात्रै थाल्नेछ र उसले बराबरी अर्थात “ड्र” भन्दा माथि जान सक्दैन भनेर ।

जब खेलाडीले खेलको पर्याप्त विशेषता देखदछ ऊ आक्रमण गर्न तम्सन्छ । जब खेलाडीले यस्तो विशेषता देख्छ यदि उसले यो आक्रमण चुकाउँदछ भने पछि त्यत्ति राम्रो मौका पाउन सक्दैन ।

खोलिएको र आधि खोलिएको लाइनहरु

खुल्ला लाइनहरु भनेको एउटा कोणबाट अर्को कोणसम्म खोलिएको पाउनले कुनै पनि प्रकारको बाधा नपुर्याउनु हो । प्रमुख महत्त्वको कुरा त यो छ कि जोसँग खेलको विशेषता छ र उसले छिट्टै तीब्रताका साथ तत्कालै आफ्ना गोटीहरु चाल्दछ । यस्तोमा विपक्षीले यसलाई न्युट्रिलाइज अर्थात तटस्थ गर्न त्यो चालको डाइग्नल लाइन अर्थात एउटा कोणदेखि अर्को कोणसम्मको खुल्ला लाइनलाई अर्को गोटी ल्याएर अबरोध गरिदिन्छ । रुक अर्थात हात्तीलाई साधारणतः साथसाथै तथा विशप अर्थात उँटलाई एउटा कोणबाट अर्को कोणहरु कभर गर्न चालिन्छ ।

अघि खुल्ला लाइन भनेको त्यो लाइन हो जहाँ आफ्ना पाउनहरुले बाधा पुर्याएको हुँदैन र विपक्षीको पाउनलाई भने ब्लक गरेको हुन्छ । यस्तो आधा खुल्ला रेखामा खेल्दा आफ्नो पाउनले आफुलाई बाधा गरेको हुँदैन तर विपक्षीको पाउनले भने ब्लक गरेको हुन्छ । यस्तो आधा खुल्ला फाइलमा खेल्दा खुल्ला फाइलमा खेलेको भन्दा रणनीतिको हिसाबले खेलमा अलि भिन्नता हुन्छ ।

पद , श्रेणी अर्थात तह

ठाडो र डाइग्नल अर्थात छड्के लाइन बाहेक पनि एउटा अर्को रेखा हुन्छ त्यो हो क्षितिज रेखा जसलाई र्याङ्क भनेर चिनिन्छ । विशेष गरी हात्तीका लागि र्याङ्कको अत्यन्तै महत्त्व हुन्छ कि जसबाट एउटादेखि अर्कोको अगाडिसम्म खेल्न ठुलो लचकता दिएर रणनीतिक प्रोजेक्टका लागि एउटा स्वतन्त्र र्याङ्कले गतिशीलताको विकास गरेको हुन्छ ।

क्षितिजको लाइनहरु दुई किसिमका हुन्छन् । एउटा सातौं र अर्को आठौं र्याङ्क । आठौं र्याङ्कको खेल राजाको विरुद्ध खेल्नलाई आउँछ । क्यासल गरिसकेपछि खुल्ला स्क्वाएरहरु हुँदैन र आठौं र्याङ्क पनि हुँदैन वा मुस्किलले विपक्षीले आफ्ना गोटीहरुले आफुलाई रक्षा गरिरहेको हुन्छ । यस्तो मुद्दामा सम्भावनाहरु मध्येबाट आठौं र्याङ्कमा मेट (Mate)हुन्छ । कहिलेकाहीँ राम्रो कम्बिनेशनहरु यो कन्सेप्टमाथि निर्भर हुन्छ ।

सातौं र्याङ्कसँग पनि टाक्टिकल र रणनीतिक असरहरु हुन्छन् :— सातौं र्याङ्कले ठुलाठुला पावरका गोटीहरु बीचको तकरावबाट सजिलै मेट (Mate)को उत्पादन गर्न सक्दछ । पाउनको पछाडिबाट रणनीतिक आक्रमण गर्नुपर्दा हात्तीले दायाँबायाँ अथवा पछाडिबाट आक्रमण गर्न सुरु गर्दछ । अगाडि बढेर आक्रमण गर्ने चालभन्दा यो मुद्दामा पाउनहरुले आक्रमणकारी चालहरु निकाल्दछ । किनकी विशेषतः अन्तिममा सातौं र्याङ्कलाई छिचोल्ने भनेको वास्तबमा महत्त्वपुर्ण पक्ष हो ।

पाउन मेजोरिटिज

पाउनको विभाजन प्रत्येक बोर्डको दिसा अनुसार फरक हुन्छ । नतिजा यो हुन्छ कि एउटा दिसा मन्त्रीको मुख्य भागमा हुन्छ भने अर्को दिसा राजाको मुख्य भागमा । यो भागको मुख्य विशेषता भनेको रणनीतिको प्रभाव । यस्तो रणनीतक खेल पाउनको एक दिसाको मात्र होइन किन्तु दुबै दिसा कै दिसानिर्देश हुन्छ ।

राजाको साइडको पाउनको मेजोरिटी एउटा धेरै बलियो तथा कडा आक्रमणको रणनीति अन्तर्गत पर्दछ । मन्त्री साइडको पाउनको मेजोरिटी भनेको पास पाउनको उपलब्धीमुलक लक्षका निम्ति हुन्छ । कहिलेकाहीँ मात्र होइन एउटा अर्को दिसा पनि हुन्छ त्यो हो सेन्टर मेजोरिटी । यो सेन्टर मेजोरिटी भन्नाले एउटा निश्चित स्थानमा अधिकार जमाउनका लागि एक स्थानबाट अर्को दिसाको मेजोरिटीमा गोटीहरु स्थानान्तरण गर्नका लागि हो । यो सेन्टर भनेको यी राजा पक्ष र मन्त्री पक्षको दिसा बीच सञ्चार अर्थात कम्युनिकेशन गर्नका निम्ति उपयोगी हुन्छ । किनभने यो गहिराइ बढ्यो भने खालि स्थानमा अधिपत्य जमाएर नतिजाको सम्भावना निकाल्न सकिन्छ । अर्कोतर्फ यो गहिराइयुक्त चाल कहिलेकाहीँ विफल पनि हुन्छ किनकी यस्तो चालले विपक्षीको बलियो मध्य भाग अर्थात यी दुई राजा पक्ष र मन्त्री पक्षको भागमा पाउनको मेजोरिटीबाट विपक्षीलाई पकडमा ल्याउन सक्दैन ।

चेसका औसत खेलका पोजिसनहरु भन्दा चेसका निश्चित पोजिसनहरु धेरै नै लाभकारी हुन्छन् । चेसका धेरै किसिमका विशेषताहरु छन् :– भौतिक (धेरै पाउनहरु हुनु र धेरै अन्य गोटीहरु हुनु) , खेलको उत्कृष्ट किसिमको विकास हुनु , ठूलो गतिशीलता (जता पनि चाल्न सक्ने गोटीको स्थिति), खालि स्थानहरुमा पनि पावरहरुको शक्ति प्रवाहित भइरहनु , पाउनहरुको उतकृष्ट बनोट हुनु , राजाको बलियो रक्षात्मक पोजिसन हुनु, नेतृत्व, आक्रमण आदि ।

यी निश्चित विशेषताहरु यस्ता अधिक भौतिक अधिपत्यहरु स्थायि आफन्त जस्तै हुन् । अर्को भौतिक विशेषताहरु खासगरी विकसित चाल र गतिशीलता अस्थायि आफन्त जस्तै हुन् । प्रायः आफ्नो शैलिले यी अस्थायि आफन्तलाई स्थायि बनाउन सकिन्छ । दृष्टान्तका रुपमा चेस खेललाई जिततर्फ विकसित गर्दै लैजानका लागि गोटीहरु जित्दै जानुपर्ने हुन्छ । दुइटा पाउनहरु चेसको सबैभन्दा माथि आठौं स्टेपसम्म पुग्न लागेको दुइटा जोडिएका पाउनहरुका अगाडि दुईटा विसपहरु अर्थात उँटहरु साटिन पनि सकिन्छ ।

साना र ठुला विशेषताहरु

केहि विशेषताहरुमा त्यही विशेषता सानो विशेषता हुन्छ भने, अरु धेरै महत्त्वपुर्ण छन् भने त्यही विशेषता ठुलो विशेषता पनि बन्दछ । कोरा स्केलको विशेषताबाट पनि खेल प्रस्थान गर्ने सम्भावना हुन्छ , तर यस्तो खेल मोटामोटी क्यालकुलेशनको मात्र हुन्छ । किनभने यस्तो विशेषताको तौल धेरेजसो खण्डका लागि यस्तो खेलको विकास विशेष परिस्थितिमा निर्भर हुन्छ ।

साना विशेषताहरु भनेका अस्थायि जितका पोजिसन मात्रै हुन् । यसले विपक्षीको कमजोर पाउन संगठनमा दबाब दिन भने सक्दछ , खुल्ला क्षेत्रमा कब्जा जमाउन अनि अथवा राम्रो जोडी उँटको संगठनबाट पनि दबाब दिन सकिन्छ , आदि ।

ठुलो विशेषताहरु मध्ये पासपाउनहरु सबैभन्दा माथि पुग्नु , खुल्ला राजाको कमजोरी माथि धावा गर्नु , पराजित गर्न तम्सिएका बहुुसंख्यक आक्रमक गोटीहरु हुनु र भौतिक विशेषताहरु हुनु । पाठ्यक्रम अनुसारको खेलमा एउटा खेलाडीले सानासाना विशेषताहरु सञ्चय गर्ने कोसिस गरिरहेको हुन्छ र त्यसलाई ठूलो विशेषता हुने देखिएपछि मात्र खेलमा निर्णायक चाल चाल्दछ । यस्तो एकदम सतर्कताका साथ गर्नुपर्ने हुन्छ । माथि आक्रमणको अध्यायमा नोटिस भइसकेको छ कि कुनै पनि कारण नभइकन कसैले पनि ठुलो विशेषताको चाल चाल्दैन । यस्तो चाल त कुनै ठुलो उपलब्धिपुर्ण गुणको आधारमा मात्रै चालिन्छ । यदि कसैले यस्तो ठुलो विशेषताको चाल कुनै ठुलो कारणविना चाल्दछ भने उसले मोलेको त्यो जोखिम त्यो विशेषता भए पनि अन्त्यमा गएर प्रतिकुल भएर हानीकारक बन्न पुग्दछ । अर्कोतर्फ यदि उसले ठुलो विशेषताका लागि औंल्याउँदछ र खेल्दछ भने उसले ठुलो फाइदाका लागि खेल्नुपर्ने हुन्छ र उसले सानासाना विशेषताहरु गौण पार्दै छोड्दै जानुपर्दछ ।

चेसमा विशेषता र कमजोरीको भूमिका

आफ्नो विशेषता प्राप्त गरेर बढाउँदै लगेर ,त्यस्तै विपक्षीको कमजोरी माथि दमन गरेर धावा बोल्दै अघि बढेर चेसको खेल साधारणतः जित्न सकिन्छ । यो सबै प्रकारका चेसका खेलहरुका निमित्त सत्य हो तर यो विशेष मास्टर र एमेच्योरको खेलसँग सम्बद्ध छ , जसमा मास्टर यस्तो हो जसले अनिवार्य रुपमा कमजोर चाल चाल्दैन, एमेच्योरको खेलमाथि अधिपत्य जमाइरहन सक्छ , एमेच्योरको खेल मास्टरको अगाडि कठिन समस्यायुक्त भएर कमजोर चालको र त्रुटिपुर्ण हुन्छ ।

एमेच्योर र मास्टरको खेल अध्ययन गर्दा हुने फाइदाहरु

विश्वका प्रायः खेलाडीहरु एमेच्योर छन् :—

एमेच्योरहरु अरु एमेच्योरहरुसँग खेल्दछन् । त्यसैले उनीहरुले खेलमा सधैं कमजोर र त्रुटिपुर्ण चालको सामना गर्नुपर्ने हुन्छ जुन एमेच्योरले साधारणतः चाल्दछन् । हामीले यस्ता धेरै खेलहरु हेरिसक्यौं जसमा खेलाडीले विपक्षीको कमजोर र त्रुटिपुर्ण चालमाथि अधिपत्य जमाएर चाल्दछन् र जित्दछन् । त्यसकारण यस्तोमा सामान्यस्तरको समस्या थाहा पाइन्छ कि

क) कुन किसिमको चाल भनेको कमजोर चाल हो ?
ख) कुन किसिमको चाल दिइएको कमजोर र त्रुटिपुर्ण खेलमाथि अधिपत्य जमाउने किसिमको हो ?

निःसन्देह, यो खेल खेलाडीको बुद्धिसँग सम्बद्ध छ , यो क्षमता र अनुभवसँग सम्बद्ध पनि छ जुन मास्टरले कमजोरी र त्रुटिमाथि दृष्टिविन्दु गरी आक्रमण गर्दछ र जित हासिल गर्दछ ।

निम्नलिखित कारण अनुसार मास्टर र एमेच्योरसँग सम्बद्ध अध्यापन अध्ययनका लागि व्याख्या गरिएको छ :—

क) एउटा खास एमेच्योरको कमजोर

ख) यस्ता कमजोर चाल र त्रुटिपुर्ण चालहरुमाथि कसरी अधिपत्य जमाउने भन्ने फाइदाको कुरा एकदम प्रभावकारी तथा मध्यम प्रकारको यस्तो पोजिसन देखाउने कुरा एउटा एमेच्योरले आफ्नो चाल विकसित गरेर आफ्ना समकालिन एमेच्योरलाई देखाउन सक्दछ ।

एमेच्योरबाट मास्टर र मास्टरबाट ग्राण्डमास्टर बन्नुहोस् ।

केही एमेच्योरहरु औसत हुन्छन् , केही कडा कफीहाउस खेलाडी हुन्छन् भने कोही बुक प्लेएर हुन्छन् जसले ओपनिङ्ग लाइन मात्र बुझ्छन् तर जसले खेलको आवश्यक तात्पर्य पनि बुझ्दैनन् र यी बाहेकका भने मास्टर बन्न सफल हुन्छन् ।

जुनसुकै किसिमको खेलले पनि एउटा निश्चित किसिमको दृष्टान्त देखाउँछ । खेलको सुरुवातले पनि खेलको महत्त्वपुर्ण पक्षको पाठ पढाउँछ । त्यस्तै यस्तो खेलमा जाँच गरेर महत्त्वपुर्ण पक्षहरु आफुले सिक्न पनि समर्थ हुन्छ । ठुलाठुला चेसका खेलहरु लाइभ हेरेर पनि चेसको नयाँ कन्सेप्टहरु सिक्न सकिन्छ , जुज मास्टर तथा ग्राण्डमास्टरहरुको भित्रि मनसाय हो । यसले मास्टरको र एमेच्योरको खेलमा जुन रणनीतिक र टाक्टिक्सको भिन्नता छ र किन एमेच्योरको खेल सफल वा असफल हुन्छ भन्ने कुरा जान्न सकिन्छ ।

प्रायः सबै प्रकारका खेलहरु राजाको पाउनको ओपनिङ्गबाट हुन्छ । कम अनुभव भएका एमेच्योरले यसरी नै सुरुवात गरेको हुन्छ । चेसको खेल हेरेर पनि थाहा पाउँछौं कि केही खेलले यस्तो दृष्टान्त दिन्छ कि कसरी एमेच्योरको खेलबाट फाइदा उठाउन सकिन्छ भनेर । यस्तो कमेन्टरी हेरेर कसरी खेललाई तीखार्ने ? कसरी क्षमता बढाउने भनेर सफल खेल खेल्न मद्दत प्राप्त हुन्छ ।

किताबमा भएको चेसका खेलहरु हेरेर पनि बीचबीचमा किन अर्को चाल चालिएन ? त्योभन्दा अर्को राम्रो चाल यसरी चालेको भए कस्तो हुने हो भनेर अध्ययन गर्न सकिन्छ ।

सुरुमा अध्ययन गर्ने बेगिनरहरुले साधारण खेल खेल्नेहरुदेखि एमेच्योरले खेल्ने खेलसम्मका विभिन्नताहरु हेरेर अध्ययन गर्नु पर्दछ र पोख्त भइसकेपछि मास्टरको गेम पनि गहन रुपमा अध्ययन गर्नु पर्दछ । कहिलेकाहीँ मास्टरले पनि एमेच्योरको खेल खेलेको हुन्छ । यसरी सोचेर विभिन्नता हेरेर पनि खेल अध्ययन गर्नु पर्दछ । त्यसमा आफैँले विश्लेशण गरेर चिन्तन–मनन गरिरहनुपर्दछ ।

जोसँग त्यस्तो चेससँग सम्बद्ध धेरै अनुभव हुँदैन त्यस्ता खेलाडीहरु अलमलमा पर्न पनि सक्छ । त्यसैले आफ्नो लेभल अनुसारको खेल खेल्दै अन्त्यमा मास्टरको खेल पनि बुझ्न सम्भव भएर आउन सफल हुन्छ । यसबाट धेरै पछिसम्मको चाल अवलोकन गर्न सक्ने क्षमतामा वृद्धि हुन्छ । यसबाट खेलको धेरै विभिन्नता जान्न सक्ने हुन्छ । यदि तपाईंले समाधान गर्न नसक्ने साह्रै अप्ठ्यारा चालहरु छन् भने पनि यी माथिका अध्ययनले सहज हुँदै जानेछन् । यसबाट तपाईं मास्टरका रुपमा स्थापित हुँदै जानुहुनेछ र तपाईंले सबै मास्टरहरुसँग प्रतिस्पर्धा गर्दै अन्त्यमा ग्राण्ड मास्टर बन्न सहयोगी सिद्ध हुनेछ ।

यत्तिको धैर्य गरेर मनन गरिदिनुभयो , यी सबै चेसका पाठहरु पढिदिनुभयो । तपाईं चेसको खेलाडी हुनुहुन्छ भने तपाईंलाई ग्राण्डमास्टर हुनका लागि अग्रिम शुभकामना पनि व्यक्त गर्दछु ।

२०७४ माघ १८
बिजु सुवेदी “विजय”
भकतजन मार्ग, काठमाण्डौं
[email protected]

2 thoughts on “(बुद्धिचाल एक अध्ययन)”

  1. मझेरीका निम्ति मेरो यो १६४औं रचना हो ।
    मझेरीका निम्ति मेरो यो १६४औं रचना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *