Skip to content

जाडो बढ्दै गा’छ


अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

बाकसभित्र मुसा पसी पाइन्ट काटेको छ
स्वीटर लाऊँ स्वीटरको कुइना फाटेको छ
कम्मल ओढी कोठामा नै बस्नुपर्ने भा’छ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ

पाएदेखि न्याना लुगा,गलबन्दी र टोपी
बस्नु हुन्थ्यो ढुक्कैसँग पूरै जीउ छोपी
आँगनमा घाम तापी बस्न मन ला’छ
मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा’छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *