मेरा नयन वर्षे भेल, पानी झरेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल
थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै
जान्छ अरे प्यास मेट्न काली तरेर अचेल
विश्वास छैन मलाई अब मान्छेहरुमा कत्ति
आफ्नै दिलको रखवालीले जाली गरेर अचेल
फूल झर्यो पात सुक्यो बोटै मर्यो कठै हेर
बगैँचाको सम्हाल गर्ने माली मरेर अचेल
अजित क्षेत्री