माली गाइले तिम्लाइ सम्झि आँशु झार्दा
विचरीको आँशु पुछिदिने कोहि भएन आमा,
पाखा पखेरा गाउँ वेसी खडेरीले उजाड हुँदा
आँगनको तुल्सीले तिम्लाइ सम्झेको छ आमा,
तिम्ले हरेक विहान गाइको गोवरले पोतेको मझेरी
मरुभुमीको निखार वालुवा झैं भएको छ आमा
तिम्रै यादले पल पल गाउँ वेसीलाइ रुवाउँदा
तिमी विना एक्लै एक्लै विरानो भएको छु आमा,
सार्हा खुशीले मेरो जीवन वाट विदा भइदिंदा
मेरा साथी संगी भन्दा फरक भएको छु आमा,
डाँडा पारी गाउँ पखेरामा तिम्लाइ कहि नदेख्दा
पात झरेर निखारिएको वुढो रुख झैं भएको छु आमा,
गाउँ घर सवै तिर चाडवाडको खुशियाली छाउँदा
हाम्रो घरमा त दशैंले समेत पत्याउन छोड्यो आमा,
माली गाइले हरेक रात तिम्लाइ सम्झि कराउँदा
मैले यिनलाइ के भनेर सम्झाउने होला आमा,
तिम्रै यादले पलपल आँशुको वाडी वगाउँदा
आज हाम्रो घर विना तस्विरको फोटो भएको छ आमा ।।।।।