Skip to content


नशा चढेछ कि के हो सबै मलाई मात्रै हेर्छन् ।
झलमल्ल दिनमा पनि किन ग्रहण लाग्या देख्छन् ।।

मलाई हो चढेको नशा मलाई नै किन अर्घेलो देख्छन् ।
नशामा झुमीझुमी रम्न छोडी अरूलाई किन हेर्छन् ।।

बहानै बनाई पिउनलाई आएका कति धेरै देखिन्छन् ।
जायजेथा डुबाए पिएरै पिर भुल्ने बहाना बनाउ“छन् ।।

प्यारको नशाभन्दा यो नशा धेरै नसालु भन्छन् ।
नशाकै लागि त्यागे राजपाट यही हो मज्जा भन्छन् ।।

नशा र एकान्तलाई रोजे जीवन सुख हो भन्छन् ।
मनको व्यथा मनैलाई थाहा छ, अरू जे ठान्छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *