टुप्पैमा रूखका हाँगा, काग बथान नै बसी,
स्वर कर्कस काँकाँ ती, सन्ध्या काल सदैगरी ।
छहराका लता हाँगा, बारिका रूखमा पनि ,
चराका गुँडमा हुन्थे , च्याँच्यॉ गर्ने चल्ला पनि ।
स्वर सुनेर बच्चाको, आउँथी माउ बेसरी ,
ठोँडमा अन्नको दाना ल्याएर खान त्यसरी ।
माताको ममता हेर, आफू भोकै भए पनि,
अन्न दाना कतैबाट, खोजेर ख्वाउँछन् तिनी।