मन्दिरमा राखिएको पत्थरलाई पुजेर,
मैले के नै चाहना गरुँ ?
निर्दयी छन् देउता पनि
मेरा लागि
म भगवान पुकारेर,
अब के नै आशा गरुँ ?
मेरो लागि बनेको भगवान
आफ्नै भगवान हुन सकेनन्
म कसरी पत्थरलाई
भगवान भनेर मनले पूजा गरुँ ?
तिमी आफै भन भगवान
म कसरी पूजा गरु?
मन्दिरमा गाढिएको पत्थरलाई
अनि आफै सँग टाढिएको
एउटा पथ्थरलाई
म कदापि
पूजा अर्चना गर्नै सक्दिन
न अर्घ दिन सक्छु
न मन्जरी चढाउन नै।
आज भोलि मेरो देउता
मेरो मनै भित्र खेल्छन
फुल्छन अनि रमाउछन्
मन लाग्दा पूजा गर्छु
रिसाउदा रिस पोख्छु
र पनि प्रेम गर्न छोड्दैन ऊ
मेरो मनको मैले पुज्ने देउताले
त्यो मनले यो मनलाई रोजेको मेरो देउता
अनि
यो मनले त्यो मनलाई माया गरेको देउता ।
समीप आएर तिमीले बिझायौ,
मेरा हरेक पलहरू
हो… हो
त्यही खिल गढेर
म भित्र एउटा
नफरतको क्यान्सर भएको छ
अह कहिल्यै सन्चो न हुने गरी ।
लाग्दछ कहिले ती पलहरुलाई
कसरी अब
टाढा गरुँ ?
र पथ्थर दिलहरू
अनि ती
बिझाइ राख्ने पल हरुलाई कसरी
उखालेर फालु जरैदेखि।
स्वार्थी भएछ दुनियाँ,
स्वार्थी नै रहेछन् सब
तन मनले मात्रै खै अब,
कस्लाई माया गरुँ ?
मन्दिर को पथ्थरलाई या
मेरो मनको देउतालाई
जो हर बार सपनीमा आउछ
अनि पूजा गर्छ ।
लोभिन्छन,
अनि झुम्मिन्छन
फेरि पापी भमराहरु,
त्यो फूलको आफ्नै अधिकार छैन,
खै के नै आफ्नो भनी
अब दाबा गरुँ ?
न पुजिएको भगवान सँग
के भनेर दावा गरुगरु?
मनले पुजेको भगवान सँग
के भनेर दावा गरुगरु?
हे हे मेरो
मन को देउता
तिमी नै भन
यो पल
मैले पथ्थर मानेको
भगवानलाई पूजा गरु?
या
मेरो मनले आफ्नै मानेको
भगवानलाई पूजा गरु?
यो पल ??
तिमी आफै भन मेरो भगवान ।
सलिना पोख्रेल
बिराटनगर, हाल: भक्तपुर
hy
nice poem