Skip to content

आँसु पोखेर मोती उमार्ने


आँसु पोखेर मोती उमार्ने रहर कहाँ छ ?
भन्देऊ त स्वार्थी नभेटिने शहर कहाँ छ ?

भाग्छन् मान्छेहरू जून टिपुँला जस्तै गरी
मान्छेले चाहे जस्तै हुने तर प्रहर कहाँ छ ?

हाम्ले दारु पिउनु हुन्न भन्ने सज्जन हिँजो
उसैले भन्यो आज पिउँछु जहर कहाँ छ ?

सिसाले सिसा र दिलले दिल तोड्छ भने
फूलले फूल काट्दैन भन्ने ठहर कहाँ छ ?

तिम्रो अविश्वासमा झुन्डिएर बाँच्नुभन्दा
फाल हालेरै ज्यान फाल्छु नहर कहाँ छ ?

अजित क्षेत्री
स्याङ्जा, हाल: युएई

1 thought on “आँसु पोखेर मोती उमार्ने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *