मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
बाबुनानीहरू सपार्ने काइदा
editor — Sun, 02/25/2018 - 02:27
१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यतः वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।
हामी अग्रजहरू बालबालिकाले सर्वस्वीकार्य व्यवहार प्रदर्शन गरे ‘ठीकै छ’ भन्छौँ । कतै थोरै कमजोरी देखाएमा पनि ‘विल्कुलै खराब’ भन्ने सोचसमझ विकसित गछौँ । यस किसिमको व्यवहारले बालबालिकाको अन्तस्करणमा चोट लाग्छ । त्यसबाट उनीहरूमा नकार भावना उत्पन्न हुन जान्छ । सकारपन ओझलमा पर्दै जान्छ । जिद्दीपन र उदण्डता बढ्दै जान सक्छ ।
हामी अग्रजहरू स्वय म बेलामौकामा सामाजिक, शारीरिक र पारिवारिक रूपमा अपाच्य कर्म गर्दै हिँड्छौँ । कहाँ बिराउँदै छु भन्ने हेक्का नराखी अग्रज भएकाले नै अहङ्कार देखाउँछौँ । अर्कातिर बालबालिकाले थोरै बाटो बिराए पनि तिलको पहाड बनाएर उनीहरू माथि खनिन्छौँ । ‘हजुरले गरेकै कार्य त मैले गरेको हो नि’ भनेर जवाफ फर्काए ‘मुखाले र अनुशासनहिन’ भन्ने दर्जा दिँदै शारीरिक/मानसिक सजाय दिनतिर लाग्छौँ । आफूकहाँ चुक्यौँ, त्यसको हेक्का राख्न भने विल्कुलै भुल्छौँ । बेलाबेलामा उनीहरूकै कमजोरी कोट्याई, कोट्याई तनाव दिइरहन्छौँ । सुध्रनका लागि मीठो भाका र लयमा सम्झाउँदैनौँ । यस किसिमको निरुत्साही व्यवहार झेल्दै जानुपर्दा उनीहरू नैतिक चरित्र निर्माणको मार्गबाट विचलित हुन्छन् र समाजका लागि दुष्ट पात्र बन्न सक्छन् ।
धर्म वा इतिहासका विविध प्रसङ्गसँग जोडेर उसले यसो गरेको थियो, त्यसले त्यसो गरेको थियो भनेर अरूजस्तै बनाउन खोज्छौँ । प्रत्येक बालबालिका आ–आफ्नै खाले मौलिक प्रतिभा बोकेर जन्मिएका हुन्छन् भन्ने कुरा भुल्छौँ । बालबालिकाको मौलिक सोच र समझको कदर नगरी आफ्नो सोच र समझमा जबरजस्त ढाल्न खोज्दा निस्कने घातक परिणामको कल्पना समेत नगरी लिंडेढिपीमा अडिग रहन्छौँ । अँझ कडा दण्ड–सजायको सन्त्रास फैलाएर उनीहरूको सन्तुलित मनस्थिति पनि असन्तुलित बनाइदिन्छौँ । अतः आजका बालबालिकाका निम्ति समस्या हामी अग्रजहरू नै हौँ र समाधान पनि हामीहरू नै हौँ ।
२. अग्रजहरूको भूमिका
दण्ड–सजायरहित रूपले बालबालिका हुर्काउन अग्रजहरूको गहकिलो भूमिका हुन्छ । अग्रजहरूले विद्यालय वा घरपरिवारको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउनु पर्दछ । उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर व्यवहार गर्नुपर्छ । विद्यालय वा घरपरिवारमा बाहेक अन्यत्र पनि बालमैत्री व्यवहार गर्नुपर्छ । अग्रजहरूले प्रयोग गर्ने शिक्षण विधि र प्रविधि बालकेन्द्रित हुनु जरुरी हुन्छ । बालबालिकाको मामलामा उनीहरू सम्मिलित समूहले गरेको निर्णय मात्रै अन्तिम र मान्य हुनुपर्दछ । उनीहरूले पाउने पुरस्कार वा सुविधा कटौतीका आधारहरू पूर्व परिभाषित र स्पष्ट हुनुपर्छ । गल्ती स्वीकारेको अवस्थामा मात्र सुविधा कटौती गर्नुपर्छ । स्पष्टीकरण दिने मौका दिन चुक्नुहुन्न । सुध्रने अवसर नदिई उनीहरूले पाउने सुविधा कटौती गर्नुहुन्न ।
आजका अग्रजहरूले देखिएका समस्याभित्रै समाधानको बिज रहने सोच राख्नुपर्छ । गलत कदम देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रनुपर्छ । गाली र छडीले अल्पकालीन समाधान देला तर दिगो समाधानका लागि मायालु बोली र समुचित पृष्ठपोषणको जरुरत पर्दछ । बालबालिकाको भावनानुकुल आवश्यकता र समस्या पहिचान हुनुपर्छ । कुनै पनि कुराको छनोटको पहिलो हक बालबालिकालाई नै दिनुपर्दछ । बालबालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न पछि पर्नुहुन्न । उनीहरूलाई घरपरिवारको महत्त्वपूर्ण सदस्य ठान्नुपर्छ । उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्नुपर्छ ।
अग्रजहरूले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिनुपर्छ । आफू अनुकरणीय व्यक्ति बनेर अरूबाट सकारात्मक व्यवहारको अपेक्षा गर्ने गर्नुपर्छ । पूरातन जड अनुशासन नभई युगसापेक्ष प्रजातान्त्रिक अनुशासनको पालना गर्ने र गराउने काममा होसियार रहनुपर्छ । भेटिएका समस्या समाधानमा व्यवहारिक बाटो अबलम्बन गर्नुपर्छ । बेलाबेलामा सामुहिक छलफलद्वारा बालबालिकको स्वभाव/व्यवहारको समीक्षा गर्ने र उत्प्रेरणा दिनु आवश्यक हुन्छ । देखिएका कमजोर पक्ष सुधार गर्न मर्यादित तवरले खबरदारी गर्न पनि कुनै कसर बाँकी राख्नुहुन्न । आवश्यकता परे आफू स्वय म उनीहरूकै हितैषी मित्रको भूमिकामा समेत देखा पर्न सक्नुपर्छ ।
३. निष्कर्ष
अहिलेको युग धाक–धम्कीको युग होइन । कोही कसैभन्दा कम होसियार छैन । कोही पनि सधैँ निर्बलियो भई कसैको धम्की सहेर दबिरहन चाहँदैन । एक समय पछारिएर दबे पनि दाउ हेरिरहन्छ र मौका मिल्नासाथ बदला लिन सक्छ । मित्रवत् व्यवहार देखाउँदै सहयोगी हात अघि बढाउन सकेमा भने जन्मजात शत्रु पनि परम मित्रमा परिणत हुन सक्छ ।
उमेर बढेसँगै बालबालिका मानसिक रूपले परिपक्व हुँदै जान्छन् । समाजले जेजस्तो परिस्थिति र परिबन्द दिन्छ, उनीहरू त्यस्तै सोचसमझका भएर देखा पर्दछन् । उनीहरू बाहिरी जगत्बाट सूचना लिएर ज्ञानको सीमा फराकिलो पार्न तल्लीन हुन्छन् । अग्रजहरूले देखाएको स्वभाव र गरेको क्रियाकलापको सिको गरी समाजमा समायोजन हुन प्रयत्नशील रहन्छन् । अतः हामी अग्रजहरूले झिनामसिना बालसुलभ उपद्रवहरूलाई सहर्ष स्वीकार गर्दै मायालु वातावरणमा उचित मार्गनिर्देश दिन सके र न्यायोचित व्यवहार प्रदर्शन गरिरहे दण्ड–सजायरहित वातावरणमा बालबालिका हुर्काउन सक्छौँभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।
- 490 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 10 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- आमा
- यतै आऊ पुतली (बालकविता)
- मेरो प्यारो चितवन
- अनौठो पो हुदो रैछ
- क्रस फायर: वेब फिक्सन्
- सम्झन डर लाग्यो
- माया नलुकाऊ छातीमा
- मतिरै आइरहेछन
- माया !
- पुतली
- नास्तिक धर्म (लघुकथा )
- तामाङ डाजाङको ९८ औं श्रृखला सम्पन्न
- फूलै फूल मात्र पनि हैन रैछ जीवन
- आओस यौटा सुन्दर बिहानी
- पृथ्वी शेरचनका तीन कृति
- हात मुख जोर्नु छ हाय !
- आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न
- लाहुरेसँगको पिरती
- तिमीलाई देखेर आँखा
- शैशवका तीन पुस्ता
- अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न
- पेस्टकारिता– हाई, हाई!
- थुक्क म
- ‘राजेश’ - १ः योजना
- कवि एवं गीतकार ईश्वरबल्लभ
- बाटो म्याद !
- हरे राम
- हरिया चुरा
- क. हतियार
- श्रमिक दिवसमा श्रमिकहरुमा मझेरीबाट नमन
Post new comment