Skip to content

चित्कारले मुर्दा उठछ


चित्कारले मुर्दा उठछ, पत्याउनु नपत्याउनु
ग्रहणले क्षितिज लुट्छ, पत्याउनु नपत्याउनु

नयनबाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै
प्यासी सिरानीले कुट्छ, पत्याउनु नपत्याउनु

सातै जुनीसँगै जिउने, बाचा कसम खाएपनि
पल भरमा नाता टुट्छ, पत्याउनु नपत्याउनु

मुटु र धमनी बीचको प्रगाढ सम्बन्ध आखिर
सिसा फुटे जसरी फुट्छ, पत्याउनु नपत्याउनु

आमाको न्यानो काख अमृत पान भुली छोरो
बृद्धाश्रम लान जुट्छ, पत्याउनु नपत्याउनु

रेखा पन्त, गोर्खा, हाल इजरायल

1 thought on “चित्कारले मुर्दा उठछ”

  1. Patyaunu Napatyaunu
    Aruko miliraheko gharama buhari bhitrayapachhi buharile aafno sriman lai usaka aamabaulai bridhaasram pathaunu prerit garche patyaunu napatyaunu

Leave a Reply

Your email address will not be published. Required fields are marked *