Skip to content

शेष : ब्रह्म-आत्मा


स्नान गर्न नदीमा नै गएका सज्जनै थिए,
शीला विशाल देखेर आश्चर्य चकितै भए।

शीला विशाल ठूलैज रहेछ तटमा कुनै,
देखे गणेश भक्तैले अडिए टक्क नै उनै।

शीलामा देखिएको के भनेनन् उनले अधि,
गरे मल सवै साफ झुकेर दर्शनै पनि ।

बाहिरी पत्र खुर्केर अनावश्यक फालिए,
सर्व पूजित गौरीका पुत्र गणेश देखिए ।

फाले आफ्नो सवै दोष बँच्दछ शेष जे जति,
त्यही बन्दछ आफैँ नै ब्रह्म-आत्मा-कुनै पनि ।

हिन्दु नेपाल राज्यै हो , हिन्दु नै रहने छ है ,
मनले मात्र बोल्नेले , मुखले पनि बोल है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *