Skip to content


कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

हेर्दामा जिउज्यान खाइलाग्दो जागीरे मर्द बलियो
इमान्दारी केटोलाई जोवन दिने मन थियो
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदीको मंगनी भैसक्यो मेरै पालो छ

यसपाली हिउँदो महिनामा बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना केही पनि टुंगो लाछैन
कोरीबाटी चट्ट कपाल लालीओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फूलको बोटैमा

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो
डाँडाबारीको सुन्तला गुलियो छ कि अमिलो
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदीको मंगनी भैसक्यो मेरै पालो छ

राजाको हात्ती मैसित सौ तोला सुन छ ल्हासाको
पढाइ लेखाइमा अब्बल छु वैज्ञानिक बन्छु नासाको
कोरीबाटी चट्ट कपाल लालीओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फूलको बोटैमा

कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

बघिनीको छोरीलाई कुखुराको भालेले
ठुल्ठुला कुरा गरेर पट्याउन आँट्यो कालेले
खैनी चुरोट खान्छौ कि दाँतै कालो छ
दाँतै कालो छ हजुर ओठै कालो छ
दिदीको मंगनी भैसक्यो मेरै पालो छ

छिमेकी हुँ म बाघैको सन्तान कालीनागैको
तिमी त रैछौ मितिनी कोइली हैन कागैको
कोरीबाटी चट्ट कपाल लालीओठैमा
लाली ओठैमा हजुर लाली ओठैमा
झ्याप्पै कदम रोकियो फूलको बोटैमा

मनमा मिले मेला हजुर नमिले झमेला
आजै गरौं रमाइलो भोलि त के होला
कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु

शब्द, संगीत – राजनराज सिवाकोटी
स्वर – राजनराज सिवाकोटी, मेलिना राई
चलचित्र – २ रुपियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *