१) वाम एकता भने पनि
वाम एकता भने पनि धेरै वाम छुटिरहे
जति विकास भने पनि देश लुट्नेले लुटिरहे
भोट जित्नलाई वहानामा जति सक्यो बोले हुन्छ
धान काट्नेले काटिसके गह्रामा त ठुटिरहे
२) तिनी भन्थिन् मेरो ऐना
तिनी भन्थिन् मेरो ऐना
मैले भन्थे मेरी मैना
विश्वासघाती रैछन्
आज लिइन् अन्त्यै बैना
३) आज चुनाव आएको छ
आज चुनाव आएको छ
रौनकताले छाएको छ
आस्वासन्का झुटा झोला
बोक्न उसले पाएको छ