Skip to content

दृश्य आँखा दुवैबाट तान्दछन् आफुतर्फ नै ,
ध्यानाकर्षण गर्दैछन् कर्ण शव्द सुनेर नै ।

गन्धले नासिका गर्छ आकर्षित उतैतिर ,
जीभ्रो चुर्लुम्म स्वादैमा डुबेको छ रसैतिर ।

कोमलस्पर्श भन्दैछ त्वचा शरीरका सवै,
ज्ञानका श्रोत पन्चै यी सहयोगी बनुन् सवै ।

2 thoughts on “पन्चेन्द्रीय”

  1. आफू तर्फ सबै दृश्य आँखाले
    आफू तर्फ सबै दृश्य आँखाले मात्र तान्दछन्
    कर्णले ध्वनि जाे खिच्छन् मान्छे भावार्थ जान्दछन् ।

    यस्तो गर्नु भएकाे भए कति मजाको हुँदो हाे ।

    1. चन्चले मन भाग्दै छ यत्र तत्र उडीकन ,
      “आफू तर्फ सबै दृश्य आँखाले मात्र तान्दछन्
      कर्णले ध्वनि जाे खिच्छन् मान्छे भावार्थ जान्दछन् ।”
      होमसुवेदी

      नाक कान र आँखा छन् जीभ्रो छाला शरीर यी,
      बाह्य विश्व तिरै डुल्छन् चिन्दैनन् सूक्ष्म देह यी।

      अन्नमय शरीरै छ अन्नले नै बनेर जो,
      यो प्राणमय त्यसैमा टाँसिएर रहन्छ जो।

      प्राणमा मन लुक्या छ विज्ञान मनमा बसेर,
      आनन्दमय भित्रै नै बस्छन् अभिन्न भएर।

      छैठौं इन्द्रिय अर्को छ भित्र बाहिर हेर्न त,
      सक्षम मन एकै छ भित्री शरीर चिन्न त ।

      चन्चले मन भाग्दै छ यत्र तत्र उडीकन ,
      काबूमा राख्नु पर्दछ प्राणायाम गरीकन।
      पद्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *