Skip to content


इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी
रम्छन शब्दहरू मनैमन भरी एकान्त हाँस्ने गरी ।।

इच्छा छ मनमा फूलै फुले सरी हजुरको हाँसो सरी
आज यो घडीमा हसाउँन सकुँ गुराँस रमे झैं गरी ।।

हजुरको विहानी फूलैफूल बनी फुल्न सकौं मन्भरि
इच्छा ज्योति मनमा चमक् चमक् गरी आकास खुले सरी ।।

क्षितीज् चुम्न सकुँ अधुरो यो सपना पुरै पो हुने गरी
मेरो यो सपना फुलाउँन सकुँ हजुरको मनै भरी ।।

शान्ति छाउँन सकोस् सधैं मन्भरी विन्ती नमस्कार गरी
उर्लदो समय हँसाउँन सकुँ मन्मा सधैं बास गरी ।।

इन्द्रै शान्त बनून् बसुन मनभरिरहर फुले सरी
इच्छा पूर्ण बनोस सबै जनको इरादा एउटै गरी ।।

ईश्वर दायिना होउन् हजुरको विहानीको मुना सरी
मायाको मुहार हँसाउन सकु त्रिदेव हाँसे झैं गरी ।।

इच्छाको गति यहाँ अँझ माथिमाथि सूर्यको साथ सरी
विन्ति सुन्नुहवस् हे मेरा भगवान हातमा हात गरी ।।

कवि को कविता टुसाउन यहाँ सुन्दिनेको ताली सरी
शब्द शब्द मेरो एक एक गरी राख्दिनुस् हृदय भरी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *