Skip to content

आमा – सन्तानको निम्ति


सन्तानको निम्ति परेली, रुझाउछिन् आमा
हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा

घाम पानी झरी बादल्, प्रवाह नगरी
जसोतसो दिन्मा दुई छाक्, जुटाउछिन् आमा

मेटाउन भोंक प्यास, आफै निख्रिएर
ममताले अमृत् धारा, चुसाउँछिन् आमा

केही नखाई, भोको पेट्मा, पटुकी कसेर
हाम्रै खुशी हेर्दै चित्त, बुझाउँछिन् आमा

प्रे म को न्यानो स्पर्शले, सुम्सुम्याउँदै कपाल
आऊँ निदरी भन्दै लोरी, सुनाउछिन् आमा

आफू दुख्छिन् अप्ठ्यारोमा, दुःख, अभावमा
निस्वार्थी छन्, न अरुलाई दुखाउँछिन् आमा

रेखा पन्त
गोरखा,
हाल, इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *