Skip to content

जितको अर्थ


नेपाल देश यो सानो, मैदान खेलको भयो
यौटाले गोल हान्दैछ, अर्को ठुलाे हुदैगयो

खेलाडी खेल्दछन् खेल, जित्छु भन्दै हतारिदै
सबै जित्ने महूँ भन्दै, खेल्दै गर्छन् जताततै

जित्ने एक भए मत्रै, हार जित छुटिन्छ है
सबै नै बिजयी बन्दा, हार जित हुदैन है

हार्नेले चैं म हार्दैछु, भन्दैन कहिले पनि
भन्छ त्यो जितेरै छाड्छु, जितेकै हूँ सधैंभरि

कोही हार्ने कुनै जित्ने , मिली खाथ्यौं सधै सधैं
खेलाडी हार भो भन्दै, गुहार माग्दछन् उहीँ

खेल्दैथ्यो खेल अर्कैले, हार्दैथ्यो देशले जहाँ
छैन है; जितको अर्थ, आजसम्म कतै यहाँ !

✊✊ ✊✊ ✊✊ ✊✊

Leave a Reply

Your email address will not be published. Required fields are marked *