मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सगरमाथाको गहिराइ
editor — Fri, 03/30/2018 - 23:31
यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँससँग सापटी माग्नु
म त गुराँसको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफूचाहिं अरब आएको छु।
यो संसारको कुनै महान् परोपकारीलाई
यो विश्वकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशका नदीसँग सापटी माग्नु
तर
यो कुरा पछि गरौंला कि
मेरो घिट्घिट् गर्दै गरेको छोरोको घाँटी चाहिने
दुई थोपा औषधी किन्न
म आफूचाहिं अरब आएको छु।
विद्युत् उत्पादनमा
संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसु
भेला गरेर एकैचोटि टर्वाइनमा खसायो रे
र एक मेगावाट बिजुली निकाल्यो रे
तर
मेरो देशको आकाशमा अँझै पनि काला ताराहरू चम्किरहन्छन्।
मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर
तर
भन्दिनेले
मेरो प्वाल परेको छानोबाट राति तारा झर्छन् भन्दिए
र भन्दिए
ताराका टुक्राले मेरो परिवारलाई टुक्रा-टुक्रामा फुटाउनेछन्
मेरो मनमा गाठो पर्यो
त्यो पनि सुर्क्याउनेबिनाको
भन्दिनेले पैसामा बाआमाले पनि छहारी फेर्छन् भन्दिए
सोचो
तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने?
दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्यो भने?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश...वर होइन ईश...पर थियो
तर
म त बुद्धको देशको मान्छे
त्यसैले शान्त भएर अरब आएको छु।
मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिं कहाँ छ?
यो मरूभूमिमा मरुँ भन्ने मान्छे मात्र भेट्छु
जब घडीमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडीका तीनैवटा काटाहरू सामूहिक आत्महत्या गर्दैछन्।
यो रूवाजस्तो मन बालुवासँग लड्दालड्दा
यहाँ मेरो जवानी पग्लिन्छ
घरमा रूँदारूँदा
श्रीमतीको सिरानी पग्लिन्छ
ए देश!
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडीएको छु
कसैले बाहिर निकाल मलाई!
म मर्नुअघि
मेरा बूढा भएका बुबाका नङ नदुखाईकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुराँस हेर्न चाहन्छु
म मर्नुअघि
मेरी छोरीले
उसकी आमाले तिखारी दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको क हेर्न चाहन्छु।
ए देश!
मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्कें भने त ठीकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा
म आफैं भरिएर फर्कें भने?
- नवराज पराजुली
- 1491 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 4 hours ago - आभार
1 day 23 hours ago - बहुत खुब कहिल्छि ।
4 days 23 hours ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 25 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- तीन मुक्तक (आफ्नै मुटुमा व्यथा)
- आफ्नै छायाको डर
- अन्याय
- वलिदानी वेग
- स्रष्टा वार्ता - जयबहादुर घिमिरे
- भन लौ तिमी नढाँटी
- मध्यरातमा झुल्किएर
- हाम्रा मान्छे
- जनगणना ः २०६८
- अल्झिरहे यी आँखा
- छओ टा शहीद (लघुकथा)
- ऊर्मिला
- पर्ख समयले दिएको चोट्
- दिदीको माया
- हराउनुको एउटा रहर हो यो
- बिछोडको पीडा नसकी खप्न
- नारी तिमी उठ
- श्रद्धान्जली स्वर्गीय गोपाल भुटानीज्यूमा
- साथी
- यामदास घायल 'सन्तलाल'को गजल संग्रह 'कुहिरो भित्रबाट' विमोचित
- यस्तो लोकतन्त्रमा नेपालै रहने छर ?
- पर्खाइ
- नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
- नेपाल एकदिन फर्कन्छु (?!)
- अन्तै गयौ किन?
- शिखर कलाकार ः हरिप्रसाद रिमाल
- लसुन
- मगन्ते म
- आज भोलि, किन-किन, यस्तो लाग्छ
- तयारी
Post new comment