Skip to content

गीत: आऊ न राजै

D8E5C172-EBD9-4A2C-9589-522FE4508C82

केटी:- हलो जोत्न खेतैमा आऊ न राजै आऊ
जिउमा तागत छँदैमा आऊ न राजै आऊ
केटा:- आउन खोज्छु खै केमा अल्झिरन्छ पाउ
प्यारी मलाई नसम्झाऊ बल्झिरन्छ घाउ
**********************
केटा:- पल्ला घरे दाजुले ढलान घर ठडाए
तल्ला घरे काकाले दुई-तीन तला बढाए
केटी:- घर घँडेरी चाहिन्न पुरानै छ टालौँला
सिलाई बुनाई सिकेर म’नि इलम थालौँला
केटा:- बाछा बाछी भोकै छ्न् खुशी छैन माउ
केटी:- हासौँ खेलौँ साथैमा आऊ न राजै आऊ
*************************
केटी:- लैनो भैँसी पालौँला गुइँठा गाइँठी बालौँला
छोरा छोरी पढाउन गाउँकै स्कूल हालौँला
केटा:- बा-आमा नि भन्दाहुन् थोत्रै घरमा सडाए
छानो छाउने क्यारी होला हुरी आई उडाए
केटा:- एकातिर माझीदाइ अर्कैतिर नाउ
केटी:- घाम छ अझै डांडामा आऊ न राजै आऊ
**************************
केटा:- मिलाउँदैछु चांजोपाँचो हेर्दैछु नि दाउ
केटी:- जिउमा तागत छंदैमा आऊ न राजै आऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *