चोखो प्रेम सार्ने बानी देखे बल्ल बल्ल
आत्मबल मार्ने बानी देखे बल्ल बल्ल
सके मद्दत गर्छु तर समस्या बढाउदिन
सागर नै तार्ने बानी देखे बलाल बल्ल
विश्वास गरी असल ठान्ने शंका भए नि
भँमरा झै चार्ने बानी देखे बल्ल बल्ल
जन्मनु मर्नु एक्लै उकाली र ओराली
काँडेबार बार्ने बानी देखे बल्ल बल्ल
ढाँट्न छल्न लागेपनि सत्य हराउदैन
सधैं जित हार्ने बानी देखे बल्ल बल्ल
रचनाकार :- लाक्पा शेर्पा समर्पित
#ताप्लेजुङ
हाल #धनगडी कैलाली नेपाल
9804690381/9848606267