Skip to content

शुभकामना – पचहत्तर सालको


शुभ छ कामना धेरै, पचहत्तर साल भरी,
नरनारी सवै हामी, शुखी रहौँ सदैभरी।

प्रार्थना एक गर्दै छु, दीर्घायु बन मानव ,
योगमन्त्र बुझौँ हामी, नियमित गरौँ सव।

योगधारा अविच्छिन्न, निरन्तर बगी रहन्,
प्राणायाम निरन्तर्नै, श्वास धारा चली रहुन्।

महांकाली र कर्णाली, कोशी पनि बगी रहुन् ,
सुषुप्ती पिंगला इडा, शरीरमा चली रहुन् ।

हिन्दुत्व भन्छ हाम्रो यो, वसुधैब कुटुम्बकम् ,
जड जीव सवै जेछन् , ईशकै परिवार हुन् !

हिंसक धार्मिकै हुन्न, विश्वमा नै कतै पनि,
भन्दैनन् गर हिंसा त बाइबिल क़ुरान् पनि ।

अहिंसक सवैधर्म , जीव हत्या निशेधित,
विश्व शान्ति सदै भन्छौं,नबिर्सौ गृहशान्ति त ।

नरनारी सवै हामी, शुखी रहौँ सदैभरी,
शुभछ कामना धेरै, पचहत्तर साल भरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *