Skip to content

नव वर्षको शुभकामना


सधैँ फूल झैँ देश याे मुस्कुराओस्
नयाँ रङ्ग बाेकी नयाँवर्ष अाओस्
कुनै पीर चिन्ता कुनै शाेक सुर्ता
सदाकाल याे देश भित्रै नअाअाेस् ।।

नयाँ वर्षमा स्नेह झर्ना सुसाऊन्
सबैमा नयाँ हर्ष उल्लास अाऊन्
नयाँ शान्तिसद्भावका आश जागून
व्यथा पीर चिन्ता सबै दूर भागून् ।।

हिँडौँ काँध जोडी भुलौँ व्यर्थ फाटो
छिचोलेर बाधा बनाएर बाटो
जुटौँ देशनिर्माणको निम्ति हामी
उदाएर आअाेस् सुनौलो बिहानी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *