स्नेह मिलन योगीको, वार्षिक चाड भन्दछन् ,
ऐले त मुख खोलेरै, मनका भाव भन्दछन् |
गुरु किशोर साठीनै, हुँदा पनि किशोर नै,
उपस्थिति यता छैन, देशभन्दा विदेश नै ।
हुन्छ खान सकेसम्म काँचा फलभए पनि,
नखाउ रस्बरी भन्दै मुन्टै बटारने पनि।
गुरु हाम्रा निकै ज्ञानी फलपाई रमाउने,
कचौरा दिनमा तीन ,मात्रमा नै अघाउने ।
लग पाउ आकाशमा ,शिरले टेक भूमिमा,
सक्छौ जति तिमी गर्न थाके सुत जमीनमा।
मुख उज्वल चम्केको पूर्णेको जून जस्तो नै,
बाग्मती अभियन्ता यी डुल्छन् देश विदेश नै।
नसक्ने हेर्न मीठो त खाएको अरुले गुरु,
पेटभरी नखा भन्ने, भोक लाग्छ कसो गरु ?
पेटै दुख्ने गरी भित्रै अग्निसार गराउने,
बलियो हुन्छ जीऊ त शीला नै पनि पचाउने।
थुनी मुख नबोले है, भन्ने गुरु हरू पनि ,
सिंहासन गरौँ भन्दै, चिच्याउन लगाउने।
दिन्न आराम गर्नै त, छुच्चो मैँ छु सदै भनि,
श्वासै फेर्न नदिएरै, उफार्ने नि सदै भरी।
नचली जीउ कम्मरै, कसरी हो घुमाउने ?
सिंहासन मुखै थुनी, कसरी हो कराउने ?