Skip to content


उसलाई मैले देखेको छैनँ, स्पर्श गरेको पनि छैनँ र अँगालो मारेको पनि छैनँ तर अचम्मसँग बिहानीको सूर्यजस्तै प्रेमले मलाई आकुलव्याकुल बनाएको छ । मैले स्पर्श नगरेको मान्छेलाई म कसरी प्रेम गर्न सक्छु ? भन्ने प्रश्न वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैँ र साँच्चै नै अँगालो नमारेको मानछेलाई मुटु नै दुख्ने गरी प्रेम गर्न सकिन्छ भन्नेचाहिँ लागेको थिएन । ‘यो संसारकी एक मात्र साथी ’ मलाई, उसले इमेल पठाएको छ । ‘जब तिमी प्रेमको पराकाष्ठामा उन्मुक्त भएको वातावरणमा आफूलाई पाउनेछयौ तब तिम्रो मन दुख्ने र पीडाले रूने कुराहरू पराजीत हुनेछन् र । त्यतिखेर तिमीले बिस्तारै बिहानीको जस्तै शीतलता महसुस गर्नेछयौ । मलाई साँच्चै नै आफ्नो हृदयको अन्तरकुन्तरमा राखेकी छयौ र तिम्रो प्रेमको आधार पनि त्यही हो ।’ उसले पठाएको यो लामो इमेलले मेरो मुटुको ढुकढुकी यसरी अचानकै बढ्ला भन्ने त मैले सोचेकै थिइनँ । एकदमै विश्वास गर्न नसकिनेजस्तो गरेर उसले इमेल लेख्यो कि यस्तो पनि लाग्यो एकले अर्कोलाई नदेखेरै गर्ने प्रेममा पनि त्यो अपूर्ण शक्ति हुँदो रहेछ !

‘जीवनभर माया गरेर मात्रै पनि बाँच्न सकिँदो रहेछ भने कुरा तिमीलाई छोएपछि मात्र लाग्यो । माया गर्नका लागि शारीरिक स्पर्श नै हुनुपर्छ भन्ने हुँदो रहनेछ ।’ मैले पनि उसलाई लेखनु सुरू गरेँ–‘तिमीलाई माया गर्दाको यो सेकेन्ड मेरा लागि पनि महत्वपूर्ण हुन्छ भन्ने मैले सायदै सोचेकी थिइनँ होला र हरेक सेकेन्ड तिम्रो सम्झनाले व्याकुल बनाएको यो क्षण पनि यति मीठो होला भन्ने मलाई कहिल्यै लागेन । तिमी यति धेरै प्यारा भएका छौ या हुन सक्छौ भन्ने कल्पना त थियो तर कविताजस्तो स्पर्शसँग र लगातार बहने समयको गतिजस्तो हामीले आफ्नो सम्बन्धलाई कसरी जीवित राख्न सक्छौँ भन्नेचाहिँ पटक्कै लागेको थिएन ।’ मैले पनि लामै लेखेँ ।

इन्टरनेटको जमाना, चौबीसै घण्टा इन्टरनेटमा बसेर हामीले मायाहरू साट्ताको यो अनुभवले पनि मलाई यो संसारको सबैभन्दा सुखी मान्छे बनाएको छ । बाहिर सिरसिर हावा चलेको छ । परदेशको यो सानो कोठाको दक्षिणपट्टिबाट बाहिर सडकहरू देखिन्छन् । सडक सधैं व्यस्त छ । बेफुर्सदै सडकलाई बिहानबेलुकै देख्नु नै मेरो नियमित कामजस्तै भएको छ । तर जतिसुकै अप्ठेरोमा पनि सडक त सडक र मन फरक हुन्छ । सडकलाई गाडीहरू र मासिनहरूको भीडले व्यस्त सडक र व्यस्त सडकजस्तै मन पनि थिस्र भैदिए मानिसहरू कति खुसी हुन्थे होलान् ? सानातिना कुराहरूले पनि अचम्मसँग दुख्ने मन कहाmँ जस्तोसुकै कठोर अवस्था पनि थिस्र रहने सडक ! कुनै पनि तुलना हुन सक्तेन भन्नेचाहिँ मलाई लागिरह्यो । महत्वपूर्ण कुरा त धेरै मान्छेको भीड र सडकमा ओहोरदोहोर गरिरहेका साना बालबालिकाहरूको जमघटले मनलाई टक्क रोकिदिएको छ ।

म बसेको घरछेउमा प्रायः सानातिना सबै सडक व्यस्त छन् र मानिस पनि त्यति नै व्यस्त देखिन्छन् । मानिसलाई मानिसको बारेमा सोच्ने फुर्सद छैन । कहिलेकाहीँ सडकमा हिँड्दा कस्तो पनि अनुभव हुन्छ भने थुप्रै मान्छेबीच पनि एक्लो छु र सुनसान मरूभूमिमा फगत् एक्लै हिँडिरहेकी छु । मान्छे भेट्न हतारिएकी छुजस्तो लाग्छ । हुन त मानिस व्यस्त नै रहनुपर्छ भन्ने मान्यताले सबैतिर प्रमुखता पाएको छ र हामी पनि कसरी यी कुराहरूबाट पृथक हुन सक्छौँ र ? मैले आफैँलाई प्रतिप्रश्न गरेकी छु । एक्लै सडकमा हिँड्दा मैले महसुस गर्ने कुरा पनि यही हो ।

‘मलाई अहिले के लागिरहेको छ भने हम्रो विचारधारा एउटै छ, मान्यता पनि एउटै छ र जीवनप्रतिको दृष्टिकोण पनि एउटै छ, गहिरो मित्रतामा विश्वास छ । हुन सक्छ हाम्रो मित्रता अत्यन्तै गहिरो र संवेदनशील हुनुपर्छ भन्ने मान्यता मलाई पनि लागेको छ । तसर्थ हामी हातमा मिलाएर मित्रतालाई अगाडि बढाउन सक्तैनौँ र ?’ भट्ट हेर्दा मेरै उमेरको देखिने एक चाइनिज केटाले मलाई यसोभन्दा म अवाक् उसलाई हेरिरहेँ । यो प्रस्ताव मेरा लागि अप्रत्याशित थियो र म सहज ढङ्गबाट यसलाई स्वीकार्न सक्ने अवस्थामा पनि थिइँन । हुन त उसको प्रस्ताव सुनेपछि म झसँग भएक िथिएँ र अव्यक्त तर सानो पीडाले मुटु ढुकढुक भने गरिरहेको थियो । उसले मसँग यतिखेर बोल्दोखेरिको समयमा मेरो ध्यानमा भने त्यही नचिनेको टेलिफोनको साथीकोमा नै केन्द्रित रहेको महसुस भने भैरह्यो ।

‘मलाई सयपत्रीका फुलहरू असाध्यै मन पर्छन् । जीवन फूलजस्तै कोमल हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’ मैले बिहानै त्यो नचिनेको प्रमीलाई फोन गर्दा यी कुराहरू भनेँ र लामो सास फेरेँ । उसले सायद सयपत्री फूलका कुरा सुन्यो कि सुनेन थाहा भएन तर मलाई के महसुस भयो भने ऊ पनि मजस्तै कोमल मान्छे हो र कविता लेख्ने मान्छे भएर पनि होला कोमलता छरपस्ट छरिएको अनुभव हुन्थ्यो दुवै जनाले बोल्दा पनि ।

हुन त ऊ फोनमा राम्रै बोल्छ तर फोनको कुरा हो, भनौँ टाढा समुद्रपारि त्यो पनि पृथिवीको अर्को कुनाको कुरा हो । हुन सक्छ हाम्रो भेट कहिल्यै नहोला, हामीले एकअर्कालाई कहिल्यै नदेखौँला र सम्भावना जे पनि हुन सक्छ । यी सम्भावनाहरू सकारात्मक पनि हुन सक्छन् । यतिखेर म घराबाहिरको बेन्चमा बसेर ओहोरदोहोर गरिरहेको मानिसहरूलाई हेरिरहेकी छु । मेरा हात कामिरहेका छन् । बाहिर जाडो छैन, वातावरण अत्यन्तै मलिन र सुन्दर छ । तर मलाई आफूभित्र डर लागिरहेको महसुस भैरहेको छ । यो कस्तो खालको डर हो – विषयविनाको कारणविनाको डरलजे मन यसरी काम्छ भने त मलाई कल्पना पनि थिएन ।

‘भोलि छुट्टी छ, वाशिङटनतिर घुमन नजाने ?’ त्यही चाइनिज केटाले रातो फुल दिँदै मलाई अनुरोध गर्यो । अमेरिकामा फूल त्यसलाई मात्र्रै दिइन्छ रे जोसँग सम्बन्ध बढाउने रसँगै सुत्ने बहाना बनाउन खोजिन्छ रे ! सुनेको कुरा हो, त्यो पनि एक जनाबाट मात्रै नभएर थुप्रै मान्छेबाट सुनेको कुरा गलत हो भन्नचाहिँ सक्तिनँ भने पनि मलाई लागिरह्यो । हुन त अमेरिकामा आज मित्रता हुन्छ र प्रेम नै नभई या प्रेम मुटुसम्म हुर्कन नै नपाई शारीरिक सम्बन्ध हुन्छ । हरेक केटा र केटीको सम्बन्ध कति राम्रो र नराम्रो भने कुराले मात्रै निर्णय गर्छ भन्ने कुरा मैले पनि महसुस गरेकी छु । मलाई त्यो चाइनिज केटाको प्रस्ताव राम्रो लागेन र उसको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिन मन लाग्यो । मैले सभ्यतासाथ भनेँ –‘धन्यवाद तर हेर, म पनि यति धेरै व्यस्त छु कि कहिलेकाहीँ त आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन । सायद म तिमीसँग लामो समयसम्म मित्रता राखिरदन सक्छु जस्तो लागिरहेको छैन । म पनि व्यस्त, तिमी पनि व्यस्त, हामीबीचमा धेरै माया पनि छैन । त्यसैले हामी आ–आफ्नो बाटो लाग्नु नै उचित हुन्छ जस्तो लागिरहेको छ ।’ मैले यति भनदा चाइनिज केटो अँध्यारो भयो र जान्छु पनि नभनी या सानो औपचारिकता पनि नदेखाई फटाफट आफ्नो बाटो लाग्यो । म भने अचम्मित भइरहेँ र ऊ गएको हेरिरहो । बाहिर बस्न मन लागेन, त्यतिकै म पनि आफू बस्ने डेरातिर लागेँ ।

डेरामा पुगेर झ्याल खोलेँ । झ्यालबाट बाहिर देखिने दुश्य वास्तवमै रमाइलो दिने खालको हुन्छ । घरको पूर्वपट्टि उत्तर फर्किएको सानो पार्क, ऐतिहासिक धरातलहरू, चौबिसे घण्टा सैनिकहरूको परेड, ठूलो पार्कवरिपरका ठूलाठूला रूखहरूर झपक्क फुलेका फुलहरूले एक किसिमको आनन्द भने दिएको हुन्छ भन्नेचाहिँ मैले अनुभव गरेकी छु ।

बिस्तारै उठेर भित्र गएँ । उसले म प्रति राखेको आस्थाको एउटा वर्तमान र यो पपिरधिभित्र हामीले बाँचेको आकाश र मुटु एक हुनुपर्छ भन्ने मान्यता मात्रै हो । हामीले यतिखेर जीवनका लागि र भविष्यमा थुप्रै योजनाहरूका लागि बाँच्नुपर्छ भन्ने पनि हो । तर हरेक दोस्रो क्षणमा तिमीलाई सम्झँदाको अनुभव भने साँच्चै नै फरक भएको छ । इमेलको फोनको कुरा हो, हुन सक्छ भोलि हाम्रो भेट नहोला तर एउटा सत्य के हो भने हामीबीच यति छिटो समयमा हुर्किएको यो मायाको अमरतप एउटा सुन्दर कथा या कविताजस्तो अमर हुनेछ ।’ उसका हरेक इमेलले मन पनि हामीले माया गर्नुपर्छ–आत्मीय माया जुन शरीरभन्दा महत्वपूर्ण हुन्छ । शरीर त नष्ट भएर जान्छ तर माया कहिल्यै पनि नष्ट हुदैन भन्ने सत्यतालाई हामीले स्वीकार्न सक्यौ भने हामी साँच्चै नै माया गर्न क्षेमा एक कदम अगाडि बढ्नेछौँ या मायाको अमरत्वमा आफूलाई समाहित गर्न सक्नेछौँ ।’ मैले मेरा हात कम्प्युटरअगाडि राखेर यी कुरा गर्न थालेँ ।

2018-04-14 16:44:36 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *