Skip to content


यात्रा मेरो कठिन सरहको
हरपल चन्द्र उदाउनै नसक्ने
गाउँछु गीत विलासै विलासको
कस्तो भाग्य सजाउन नसक्ने

अनगिन्ती यात्राहरू पाइलै सरहको
सकसैसकसमा अघि बढ्नै नसक्ने
विचित्र छ जीवन दिमागै सरहको
एक्लाएक्लै समस्या भीड्नै नसक्ने

कति जिउँ जीवन यो कथै कथामा
चारैतिर भ्वाङ्ग भो टाल्नै नसक्ने
कति यात्रा गरौं सकसै सकसको
विन्ति मनमा यो फुल्नै नसक्ने

हरायो सपना आयो मौसम विहानको
कथित जीवनको कथा लेख्नै नसक्ने
चंचल मन बन्यो मित्र चंचल आकाशको
ऐना भित्र तस्विर यो अट्नै नसक्ने

सिर्सिर बतासनी अब भयो विलासको
काँतर भो जीवन अब फुल्नै नसक्ने
नबोलाउ भो अब तिमी वास क्षितिजको
अनौठो सास अब मत फेर्नै नसक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *