Skip to content
ShivaRajKalauni


हे दाह्री !!
नकाटेमा साह्री !!
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।

कसैको फुस्रो दाह्री, कसैको चिल्लो दाह्री !!
कसैको नियास्रो दाह्री, कसैको हशिलो दाह्री कसैको कालो दाह्री, कसैको रातो दाह्री
कसैको घुमृएको दाह्री, कसैको सुम्लिएको दाह्री
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।

कसैको डोके दाह्री, कसैको बोके दाह्री !!
कसैको थाइकट दाह्री, कसैको फ्रेन्च कट दाह्री !!
कसैको बुच्चो दाह्री, कसैको छुच्चो दाह्री
कसैको मुलायम दाह्री, कसैको चुच्चो दाह्री !
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।

कसैको आइन्स्टाइन दाह्री, कसैको भिन्ची दाह्री
कसैको सुकरात दाह्री, कसैको रामदेव दाह्री कसैको लादेन दाह्री, कसैको भीष्म दाह्री
कसैको रहरको दाह्री, कसैको जहरिलो दाह्री
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।

कसैको पालेको दाह्री, कसैको पालिएको दाह्री ।
कसैको दिक्कको दाह्री,कसैको ठीक्क को दाह्री ।
कसैको रिस आउने दाह्री, कसैको सुहाउँदो दाह्री ।
कसैको फराकिलो दाह्री, कसैको च्याख्ले दाह्री
तिमी धन्य छौ दाह्री !!!
तिम्रो त विशेषता नै गजबको छ ।

तिमी साच्चै धन्य छौ दाह्री !!
किनकि अनेक रुपमा तिमी व्याप्त छौ, यत्र तत्र सर्वत्र !!!
यति सम्म्म कि
हार्मोन को गडबडी भयो भने तिमी,
पुरुषलाई मात्रै होइन,महिलाको अनुहारमा समेत छाउछौ,
तैपनि छोटकरीमा तिमी मर्द को निशानी हौ,सान हौ
रवाफ हौ,
संकेत हौ !!!
त्यसैले तिमी धन्य छौ दाह्री !!!
धन्य !!!!!दाह्री !!
धन्य !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *