Skip to content

छन्ददिवसकाे शुभकामना


भानुका काव्यमा छन्द नै नाच्तछन्
देवकोटा सँगै भावना हाँस्तछन्
भट्टको सिर्जना काव्य श्रृङ्गार हो
अन्यको सिर्जना वार हो पार हो ।

छन्दसम्राटको गीत गाऊँ अब
काव्यको फाँटमा प्रीत लाऊँ अब
छैन बाँकी कुरा मित्र हो बुझ्नु होस्
छन्द नै काव्यको हो ठुलो वैभव ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *