Skip to content


मेला गई बाले कुन्नि
के–के ल्याउनुभो
घरमा चाहिने सामान किनी
आमा आउनुभो

हामी मात्र घरमा किन
बस्ने यस्तो बेला
सबैजनासँगै मिली
हेर्न जाऔँ मेला

झिल्के चस्मा चाहिन्छ कि
बज्ने चाचा चाहिन्छ
खोज्यो भने मेलाभित्र
जे खोज्यो त्यै पाइन्छ

बज्ने चाचा चाहिन्न भैगो
पापा चाहिँदैन
रङ्गीचङ्गी झिल्के नाना
चस्मा लाइँदैन

हामीलाई अरू होइन
पढ्ने किताब चाहिन्छ
किताबभित्रै खोजेजस्तो
नयाँ संसार पाइन्छ ।

-रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *