Skip to content

जय वसुन्धरा


पृथ्वी दिवसकाे सन्दर्भमा मझेरी विशेषः

समयको गति टक्क हुने गरी
किन अगाडि बढिन्छ घरी घरी
जमिन भो अति नै अब जर्जर
मन यसै किन बन्दछ थर्थर ।।

अधिक लोभ बढेर गयो अब
जमिनमा क्षति धेर भयो अब
जति गरे पनि लोभ अपूर्ण छ
जति थियो सब त्यो परिपूर्ण छ ।।

गर कृपा प्रभु माधव मोहन
भुवनको अति भो किन दोहन
प्रकृतिमा अब स्पष्ट हुँदै गयो
सब विनास हुने दिन आउन ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *