Skip to content

चितामाथि जिउँदा लाशहरू


चितामाथि जिउँदा लाशहरू ढलिरहेछन्
खै के भनुँ चिताभित्रै मटुहरू जलिरहेछन्

दुई चार पैसाको लागि गरिब बनेका
गरिबका सारा सपनाहरू गलिरहेछन्

जसले अन्न फलाउँछ ऊ छ भोकभोकै
धनीका घरमा सबथोक फलिरहेछन्

हेर्दो रहेछ मानिसले आफ्नै मात्र स्वार्थ
जताततै मानिसले मानिसलाई छलिरहेछन्

नामः नबिन शिशिर(सानु)
ठेगानाः लम्कि कैलाली
हालः मुम्बै वसँई

Leave a Reply

Your email address will not be published. Required fields are marked *