Skip to content


भेलले बगाएसरी, बगिरहेको छ जिन्दगी।
कहिले कुनाकाप्चा,कहिले समथर खोजिरहेछ जिन्दगी।।

यादमै भौतारिरहेछ,कसैको निम्ति जिन्दगी।
पाउँदा वाह वाह, नपाउदा गालिगलौचँ रहेछ जिन्दगी।।

चाहेर नि नहुदो रहेछ,सोचेको जस्तो जिन्दगी।
पर्याबाची खोज्दापनि,बिपरितार्थ भैरहेछ जिन्दगी।।

आशै आशले गलाइरहेछ,दोधारमै परिरहेछ जिन्दगी।
चाहना त अनेक थियो,बिफल हुँदै अल्झिरहेछ जिन्दगी।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *