Skip to content


जब,
तिमीले मेरो हृदएको बन्द ढोका
घर्याक्क उघारेर पस्यौ दिलभित्र
तिमी बन्यो मेरो मुटुको ढुकढुकी
खै किन हो कुन्नी
आजभोलि तिम्रो मुटुको कुनामा बस्न
मलाई पनि मन लाग्छ
कोमल तिम्रो हृदयको
पाना-पानामा प्रीतिका गीत
लेख्न मन लाग्छ
हो साँच्चै
तिम्रो नाम
मुटुको प्रत्येक ढुकढुकीले
अविराम बोलिरहेको हुन्छ
मेरा ओठले ।
अब तिमी
मेरो माया मात्र रहेनौं
मेरो प्राण
मेरो जीवन धान्ने सास भयौ
त्यसैले प्रिय
तिम्रो मुटुको ढुकढुकी बन्न
मलाई पनि देऊ
तिम्रो हृदयको गहिराईमा
डुबुल्की मार्न दैऊ
तिम्रो मायामा
यो ज्यान साट्न देऊ
त्यसको लागि के गर्नु पर्छ मैलै प्रिया
मैले छलेका छैन
मैले ढाँटेको हैन
सत्य धरोधर्म
बिश्वास गर मलाई
म तिम्रो हृदयको ढुकढुकीमा बस्न चाहान्छु
हृदयको ढोका बन्द नगर प्रिय
वापत म दिनेछु
मायाको महल
तिम्रो हृदयको मझेरीमा बनाएर ।
जिन्दगीको
दुःखै-दुःख धोकाघृणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको ।
पृथ्वीको भार भइयो सकिएन गर्न केही
धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको ।
न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको ।
परदेश आको धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको ।
प्रयास मेरो जारी छ है हरेस खाको छैन
“गगन” चुम्ने इच्छा मेरो आँट जिन्दगीको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *