Skip to content


हरेक बिहान उठेदेखिको
राती ओछ्यानमा नपुगुञ्जेलसम्मको
धमाधुस मात्र हैन
जन्मेर हिड्न थाले देखि
जवान हुँदासम्म उनले गरेको
साराका सारा मेहनतहरु,
फेरि जन्मघर छोडेर
कर्मघरलाई जन्मघरलाईभन्दा पनि
प्यारो र उज्यालो बनाउन
उन्ले गरेका संघर्षहरु,
छोरीबाट बुहारी अनि
बुहारीबाट एक असल आमा बन्न
उनले गरेका कठोर यात्रा
अनि सारा कष्टहरु,
सन्तानको खुशीको निम्ति
बिथोलिएका ती साराका सारा निदहरु,
सन्तानको हासोको निम्ति
आँखामा नै सुकेका तिन्का आँशुहरु,
सन्तानको शीतलताको निम्ति
उनको मुटुमा दबिएका जलनहरु,
सन्तानको कोमलताको निम्ति
कट्कट्ती फुटेका तिनका पैतलाका धजाहरु,
सन्तानको निम्ति कुडिएका
उनका मनको वेदनाहरुलाई
तिमीले कहिल्यै मूल्यांकन
गरेको छौ?
आज त मे १ तारिक
श्रमिक दिवस रे।
मैले सम्झिए
संसारमा सबैभन्दा अपार
अनि अमूल्य श्रम त
हरेक आमाहरुले गरेकी हुन्छिन
जो अतुलनीय छ।
जो हरेक सन्तानहरुले
मनन् गर्न जरुरी छ।
जो हरेक सन्तानहरुले
बुझ्न जरुरी छ।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *